स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग

डिसी नेपाल
२० माघ २०७८ १३:३३

काठमाडौं। नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले संविधानको प्राबधान अनुरुप तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग आग्रह गरेका छन्।

आज उनले काठमाडौंमा आयोजित साक्षात्कारमा स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन नहुनेमा जोडदिँदै निर्वाचन नगराउन षडयन्त्र भैराखेको आरोप समेत लगाए । उनले भने, “ स्थानीय तहको निर्वाचनमा एमालेले अन्य पार्टीसँग गठबन्धन गर्दैन । आफ्नो एजेण्डा लिएर जनताका बीचमा जान्छ ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *