१४.६० अंकले घट्यो नेप्से परिसूचक, हाइड्रोपावर र निर्जीवन बिमाबाहेक सबै राताम्मे

डिसी नेपाल
२० माघ २०७८ १५:३९

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक घटेको छ । बिहिबार नेप्से परिसूचक १४.६० अङ्कले घटेर २ हजार ८७६.७४ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२४ कम्पनीको १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता शेयर खरिद बिक्री हुँदा ८ अर्ब ६१ करोड २१ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रो पावर रहेको छ । यस कम्पनीको ८२ करोड ७० लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ५ सय १७ रुपैयाँ ९३ पैसा कायम भएको छ ।  त्यसपछि क्रमश : अपि पावर कम्पनी र शिखर इन्स्योरेन्सको कारोबार भएको छ ।

बिहिबारको कारोबारमा १३ उपसुचक मध्ये हाइड्रोपावर र निर्जीवन बिमा उपसुचक बढेको छ भने बाँकी ११ उपसुचक घटेका छन् ।आज सबैभन्दा बढी विन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् भने एभरेष्ट इन्स्योरेन्सको प्रमोटर सेयर र आरएमडीसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले अधिक गुमाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *