आफ्ना माग सम्बोधनबारे देउवालाई ठाकुरको प्रश्न

डिसी नेपाल
२० माघ २०७८ १९:५२

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले आफ्ना मागहरुबारे पुनः स्मरण गराएका छन् ।

बालुवाटारमा प्रधानमन्त्रीसँग भेट गर्दै ठाकुरले आफूहरुले यसअघि उठाएको माग बारे के भइरहेको छ भन्दै प्रधानमन्त्रीलाई प्रश्नसमेत गरेका थिए ।

देउवाले प्रधानमन्त्री हुँदा आफूहरुको माग सम्बोधन गर्छु भनेको स्मरण गराउँदै ठाकुरले त्यसबारे प्रश्न गरेको उनी निकट एक नेताले बताए ।

लोसपाले संविधान संशोधन, रेशम चौधरी लगायतको रिहाइ र मधेश आन्दोलनमा लागेका मुद्दा फिर्ता, नागरिकता समस्या समाधान लगायको माग राख्दै आएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *