सर्वोच्च अदालतको सेवा संकुचन २८ माघसम्म

काठमाडौं। सर्वोच्च अदालतको सेवा संकुचन २८ माघसम्म जारी रहने भएको छ। कोरोना संक्रमणको नयाँ भेरियन्ट ‘अमिक्रोन’ जोखिमका कारण १८ माघसम्म तय भएको सेवा संकुचन बढेर २८ माघसम्म लम्बिएको हो।
५ माघदेखि बन्दी प्रत्यक्षीकरण र काेराेना महामारी सबन्धित सुनवाइ मात्रै गर्दै आएको सर्वोच्च अदालतको पूर्ण बैठकले थप १० दिन सेवा संकुचनको निर्णयलाई लम्बाउने निष्कर्षमा पुगेको हो।
लुकी फौजदारी संहिता, फौजदारी कार्यबिधि बमोजिम थुनामा रहेका व्यक्तिकाे निवेदन र प्रतिवेदनका साथ मुद्दा दर्ता, पेसी, तारिख र जनस्वास्थ्य मापदण्ड कायम गरी जारी राख्ने पुर्ववर्त निर्णय भने यथावत रहनेछन्।
प्रतिक्रिया
Facebook Comment