एमसीसी पारित नभए नेपाललाई पाँच-दश वर्ष गाह्रो पर्न सक्छः अर्थविद रामेश्वर खनाल

काठमाडौं।अर्थविद् तथा पूर्व अर्थसचिव रामेश्वर खनालले एमसीसी पारित नभए नेपाललाई आगामी पाँच-दश वर्ष गाह्रो पर्न सक्ने बताएका छन्। डिसी नेपालको ‘ब्रिज टक’ कार्यक्रममा बोल्दै खनालले एमसीसी विशुद्ध विकास सहायता मात्र भएको बताएका छन्। ‘यो सहायता अन्य सहायताभन्दा राम्रो हुनुको कारण के हो भने यो अनुदान हो ।
उदाहरणका लागि अहिले हामीले पोखरा विमानस्थल बनाउन चीनसँग ऋण लिएका छौँ। ऋण लिएपछि चिनिया ठेकेदारभन्दा अन्यले ठेक्कामा बोलपत्र भर्न पाउँदैन।’ उनले भने ‘अमेरिकाबाट हामीले लिन खोजेको ऋण होइन अनुदान हो ।
अनुदान भएपनि अमेरिकाले के भन्यो भने युएसएडभन्दा विपरित गएर हामीले संवैधानिक सरकारलाई अधिकार दिनुपर्छ भनेको छ। यसको बोलपत्र आव्हान गर्दा नेपाली ठेकेदारले भारतीय ठेकेदारले पनि पनि बोलपत्र भर्न पाउँछ। संसार भरिका ठेकेदारले हाल्न खुल्ला गरेको छ।’
उनले अगाडि थपे ‘जबकि अनुदान सहायतामा प्रायः खुला हुँदैन सोही देशको ठेकेदारले मात्र अवसर पाउने गर्दछ। जस्तै सिन्धुली बर्दिवासको सडक जापान सरकारको अनुदान हो। जापान सरकारको ऋणमा जसले पनि बोलपत्र हाल्न पाउँछ तर अनुदानमा जापानले मात्र बोलपत्र हाल्न पाउँछ।’
Facebook Comment