प्रवासी नेपाली मञ्च अमेरिकाको राष्ट्रिय सम्मेलन अप्रिलमा हुने

काठमाडौं । प्रवासी नेपाली मञ्च अमेरिकाको तेस्रो राष्ट्रिय सम्मेलन आगामी अप्रिलमा हुने भएको छ ।
जनवरी १५ मा बसेको मञ्चको सचिवालय बैठकले आगामी अप्रिलमा राष्ट्रीय सम्मेलन गर्ने निर्णय गरेको हो । सम्मेलनस्थल भने अर्को बैठकले निर्णय गर्नेछ ।
बैठकमा पोखरास्थित गण्डकी अस्पतालमा स्थापना गरिएको अक्सिजन प्लान्ट सहयोगका लागि संकलित रकमको विस्तृत बिवरण सचिवले सबैलाई जानकारी गराएका थिए ।
प्रतिक्रिया
Facebook Comment