साथीले भने – ‘तिम्री छोरी पोर्नस्टार बनिन्’, पिताले सोच्दै नसोचेको जवाफ दिएपछि भाइरल
काठमाडौं। वयस्क साइट ओन्लीफ्यान्समा एक युवतीका तस्वीर युवतीका पिताका साथीले देखे । त्यसपछि उनले युवतीका पितालाई म्यासेज गरेर भने ‘तिम्री छोरी वयस्क साइटमा छिन् ।’ यसको जवाफमा पिताले जे भने त्यो सामाजिक संजालमा भाइरल भइरहेको छ । युवतीले घटनाको भिडियो अपलोड गरेर यसबारे जानकारी दिएकी छिन् । ओन्लीफ्यान्सको छवि वयस्क साइटको रुपमा बनेको छ तर कैयौं हलिउड सेलिब्रेटी पनि यसमा छन् ।
डेलीस्टारका अनुसार ओन्लीफ्यान्स साइटमा अकाउन्ट चलाउने मोडल इमलीले आफूसँग भएको यो घटना टिकटकमा शेयर गरेकी छिन् । यसमा उनले आफू आफ्नो जीवनका विषयमा खुला भएको भनेकी छिन् । उनका अनुसार यसमा जोखिम पनि छ किनकि उनका फोटो र भिडियो कसैले पनि देख्न सक्छ । इमलीका अनुसार हालै उनका पितालाई उनका साथीले इमलीका केही फोटोहरुबारे जानकारी दिएका थिए । सारमा भन्दा ती व्यक्तिले इमलीका पितालाई कुरा लगाइदिएका थिए ।
@th0tgirlsummer His response tho ?? #fyp #funny #dad ♬ original sound – Th0tgirlsummer
आश्चर्यको कुरा त के भने यो वयस्क साइटमा आफ्नी छोरी भएको कुरा पितालाई पहिल्यै थाहा थियो । साथीले इमलीका पितालाई म्यासेज लेखेर तिम्री छोरी एडल्ट साइटमा छिन् भनेका थिए । जवाफमा पिताले मलाई थाहा छ भने । त्यसपछि साथीले यो नराम्रो भएको बताउँदै यसको प्रमाण पठाउन सक्ने बताए । पिताले पनि साथीसँग तिमीले फोटो कहाँबाट पायौ भनेर सोधे । जवाफमा साथीले मैले उनलाई ओन्लीफ्यान्समा सब्सक्राइब गरेको छु भने । त्यसपछि इमलीका पिताले साथीलाई भने ‘उनको व्यवसायमा सहयोग गरेकोमा धन्यवाद ।’
Facebook Comment