लोसपा पर्सामा विवादः पार्टीबाट निकालिए नेता

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को पर्सा जिल्ला कार्यसमितिले केही नेतालाई पार्टीबाट निष्काशन गरेको छ ।
लोसपा पर्साका अध्यक्ष पुरुषोत्तम लाल झाले आज एक विज्ञप्ति जारी गर्दै पार्टी निर्माण भएदेखि नै राजेशमान सिंह, प्रेमबाबु पटेल लगायतका केही व्यक्तिहरु निष्क्रिय रहेको र निरन्तर पार्टी विरोधि गतिविधि गर्दै आएकाले निष्काशन गरेको जनाएका छन् ।
प्रतिक्रिया
Facebook Comment