सुशासन कायम गर्न प्रदेश अनुसन्धान केन्द्र कोसेढुङ्गा सावित हुन्छः मुख्यमन्त्री राउत

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मधेसमा सुशासन कायम गर्न प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र कोसेढुङ्गा सावित हुने बताएका छन।
जनकपुरधामस्थित मुजेलियामा स्थापना गरिएको प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको आज उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेशमा सुशासन कायम गर्न केन्द्रको स्थापना गरिएको बताए । अनुसन्धान तथा प्रशिक्षण केन्द्रलाई मुलुककै नमूना केन्द्रको रुपमा विकास गर्ने प्रदेश सरकारको योजना रहेको उल्लेख गर्दै उहाँले अनुसन्धान केन्द्रमा कर्मचारीदेखि जनप्रतिनिधिसम्मलाई प्रशिक्षण दिइने भएकाले यसलाई प्रदेश सरकारले महत्वका साथ लिएको बताए।
विगतमा सङ्घीय सरकारको मातहतमा रहेको ग्रामीण विकास प्रशिक्षण केन्द्र प्रदेश मातहतमा आएपछि गत पुस २८ गते प्रदेश सरकारले प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रमा रुपान्तरित गरेको थियो । केन्द्रको कार्यकारी निर्देशकमा सर्लाहीका सतार अन्सारीलाई नियुक्त गरेको थियो । केन्द्रलाई मुख्यमन्त्री कार्यालयअन्तर्गत राखिएको छ ।
Facebook Comment