चिरा चिरा परेको नेपालको राजनीति
नेपालको राजनैतिक इतिहासको जन्म कुण्डली पल्टाउँदा २००७ साल भन्दा पहिलेका सम्पूर्ण राजनीतिक बिचारधारा नागरिकको मानसपटलमा ताजै हुनुपर्छ। १०४ वर्षको राणा शासनको समयलाई निरंकुश भन्न सकिन्छ। सत्ता हत्याउन पालैपालो एकले अर्कोलाई हत्या, छलछाम गरी शासन सत्ता आफ्नो हातमा लिने चलन थियो।
भित्रभित्रै गुम्सिएको शासन सत्ताले जंगबहादुर राणाको पालामा ‘कोत पर्व’ सम्म भयो। त्यसपछि जंगबहादुर राणाले देशको शासन सत्ता आफ्नो हातमा लिए र मुलुकमा एक तन्त्रीय राणाको सुरुवात गरे। उनले भाइ भाइको आलोपालो शासन चलाए अनि आलोपालो गरी वीर समशेर, देव समशेर, चन्द्र समशेर, भीर समशेर, जुद्ध समशेर, पद्म समशेरलगायतले मुलुकको शासन सत्ता चलाए।
त्यो बेला राजा नाम मात्रका हुन्थे। राजनीति भन्ने नै थिएन। राणाहरुको एकछत्र शासन सबैथोक थियो। देशको ढुकुटीभित्र राणाहरुको बोलवाला थियो। राणाहरु ठूला ठूला कमाउण्ड भएका महलभित्र ऐस आराम गरेर बस्थे। अहिले पनि मुलुकका उच्च प्रशासनिक काम राणाहरुले बनाएकै भवनबाट सञ्चालित छन्। सिंहदबार, सिंहमहल, बालुवाटार दरबार, शितल निवास, रानी महल, फोहरा दरबार, बहादुर भवन, केशर महल आदि उनीहरुकै पालमा निर्माण भएका हुन्।
जनता आफ्नो रोजी रोटी कसरी चलाउने भन्नेमा चिन्तित थिए। जनतामा राणा शासनप्रति असन्तुष्टि व्यापक भएपनि उनीहरु व्यक्त गर्न सकिरहेका थिएनन्। किनभने राणा शासनका घोर दमन हुने गर्दथ्यो। तर २००३ साल देखि नेपाली जनतामा केही राजनैतिक चेतनाको सुझबुझ देखिन थाल्यो। केही बहादुर व्यक्तिहरुले गोप्यरुपमा राणा विरोधी आन्दोलन र पर्चाबाजी गर्ने काम सुरु गरे।
खेलेआम राणा शासनको विरोध गरेकाले १९९७ सालमा ४ व्यक्तिलाई झुन्ड्याइ र गोली हानि हत्या गर्ने काम भयो। लखन थापा, गंगालाल, शुक्रराज, धर्मभक्त र दशरथ चन्द सहिद भए। देशमा राजनीति आगोको मुस्लो जाग्रित हुँदै गयो।
राजा त्रिभुवन राजनीतिक स्वतन्त्रताको लागि राणाको चंगुलबाट फुत्किएर भारतको दिल्ली प्रस्थान गरे। अरु राजनेताहरु भारतमै बसी विभिन्न आन्दोलित काम गर्थे। राजा त्रिभुवनको दिल्ली सम्झौता पश्चात भारतबाट नेपाल फर्किएपछि नेपालमा २००७ साल फाल्गुन ७ मा राणा शासनको अन्त्य भएको घोषणा राजा त्रिभुवनले गरे।
आज सम्पूर्ण पार्टीको सिद्धान्त हराएको छ । कांग्रेस कम्युनिस्टमा जाने, राप्रपा कम्युनिस्टमा जाने, माओवादी कांग्रेसमा मिल्ने यो कस्तो राजनीति? सबै अबसरबादी, स्वार्थी बनि देश रोइ रहेको छ। अस्थिर संरचनाको गठबन्धन सरकारले शासन गरिरहेको छ। यस्तो चिरा चिरा परेको राजनीतिले के देशलाई विकासको बाटोतिर लैजान सक्छ? अबश्य सक्तैन।
मोहन शमशेरको अगुवाइमा पाँच जना राणाका मन्त्री र पाँच जना नेपाली कांग्रेसका मन्त्री सहभागी मन्त्रिपरिषद गठन भयो। जसमा विपी कोइराला गृह मन्त्री भएका थिए। त्यसपछि नेपालको राजनीतिले केही कोल्टे फेरेको हो। किनभने मन्त्रिपरिषदमा आधा मन्त्री राजनीतिक दल नेपाली कांग्रेसबाट सहभागी भएका थिए।
जे भएपनि भारतको दिल्लीबाट राजा त्रिभुवन फर्केलगत्तै त्यसबेला मोहन समशेर, बबर समशेर र गणेशमान मात्र थिए मूल रुपमा । अरु सबै नेताहरु भारतबाट तत्क्षण बि.पी. कोइराला लगायत अरु नेताहरु पछि आए । राजनीतिले काँचुली फेर्याे।
दुवै तर्फको आपसी समझदारीमा मन्त्रिपरिषद गठन भयो र मोहन समशेरले राणा शासन चल्ने जंग बहादुरको पन्जापत्र दरबारमा लगेर बुझाए र राणा र कांग्रेस समूह दुबैले राणाको स्वस्ती प्रथालाई पर सारी ‘जय नेपाल’ भन्ने ठूलो आवाजको बिगुल फुक्ने काम भयो।
तर प्रधान सेनापति फेरि केशर समशेर नै भएका थिए । यसरी राजा त्रिभुबन, बि.पी. कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर, कृष्णप्रसाद भट्टराई र पण्डित नेहरु र अन्य भारतीय नेताहरुको नेतृत्वमा नेपालमा राणा शासन भने फ्याँकिएकै हो। प्रधानमन्त्री मोहन समशेर थिए गृह मन्त्री भने बि. पी. कोइराला थिए।
प्रथम राजनैतिक पार्टी नेपाली कांग्रेसले राम्ररी सुझ र बुझका साथ जनतालाई राणा शासनको चंगुलबाट उम्काइ देशमा राजनीति चलाई रहेको थियो। ठूला ठूला नेताहरुको त्यो बेलाको त्याग र तपस्याले पार्टीको राजनीति शिशु अबस्थामै भएकोले ठिकै थियो। बिपी, गणेशमान र भट्टराई जस्ता नेता पार्टीमा थिए।
त्यस्तै कम्युनिस्ट पार्टीमा पनि पुष्पलाल, बिष्णु बहादुर मानन्धर, मनमोहन अधिकारी, राधाकृष्ण मैनाली र मोहनचन्द्र अधिकारी जस्ता प्रख्यात नेताहरु नभएका होइनन्। २०१५ सालमा देशमा राजनैतिक चुनाव पनि भयो र नेपालका प्रथम चुनाबी प्रजातान्त्रिक शासन प्रणालीको प्रारम्भ भयो। नेपालका प्रथम प्रजातान्त्रिक प्रधानमन्त्री बिपी कोइराला भए।
दुई बर्षसम्म चुनावी प्रजातान्त्रिक शासन चलेकै हो। तर फेरि २०१७ सालमा श्री ५ महेन्द्रले कुन्नि किन हो अकस्मात ‘कु’ गरी त्यो शासन प्रणालीलाई पर सारी देशमा फेरि पंचायती राजतन्त्र अनुरुप शासन ब्यबस्था चलाए। २०१७ साल देखि २०२७ सालसम्म देशमा श्री ५ महेन्द्रको नेतृत्वमा धेरै धेरै विकासका कामहरु भएकै हो। नेपाल राष्ट्रलाई संसारमा चिनाएकै हो।
भ्रिकुटे राजाका छोरा तारक बहादुर शाहका छोरा ऋषिकेश शाहको अथक प्रयासबाट नेपाल संयुक्त रास्ट्र संघमा दर्ता भएकै हो । श्री ५ महेन्द्रले असंलग्न परराष्ट्रहरुको विभिन्न शिखर सम्मेलनहरुमा नेपालको गौरव बढाएकै हो। संसारले राजा महेन्द्रलाई मानेकै हो। त्यस्तै श्री ५ बीरेन्द्रको शासनकाल पनि त्यत्ति नराम्रो थिएन।
पढेलेखेका उदार विद्वान र राम्रा राजा थिए। शान्ति प्रिय थिए। शान्ति प्रिय राजाले विश्व समक्ष नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव राखी संसारबाट प्रस्ताव पास भएकै हो। तर भारत नै हो जसले यो आदर्श प्रस्तावलाई भीरबाट खसाली दियो। यसबाट भारतसँग सदैव सतर्कता अपनाउन नेपालले विचार गर्नै पर्दछ।
भारतको खुसामदिमा नेपाल मात्तिन हुन्न। चीनको हौसलामा नेपाल हौसिन हुन्न । त्यस्तै अरु ठूला मुलुकको धाक धम्कीमा नेपाल लत्रिन हुन्न । यदि लत्रिएको भए नेपाल अंग्रेजले उहिले खाई सक्थ्यो। त्यस्तै श्री ५ वीरेन्द्र शासनमा जनमत भयो र २०४६ सालमा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नेतृत्वमा नयाँ संविधानको पनि निर्माण भई राजनीतिमा सफल भएकै थियो।
तर कुनै कुराले पनि नेताहरुको चित्त बुझेन। देश निर्माण तिर नलागी राजनैतिक परिबर्तन मात्र खोजी देशलाई राजनीतिको बन्धक बनाई देशलाई बर्बादीको मोडमा लैजान लागे। सम्पूर्ण नेताहरु लोभ, मोह र भ्रस्ट आचरणमा चुर्लुम्म डुबी स्वार्थी बने र त्यसको फलस्वरूप सम्पूर्ण नेताहरु एक अर्काको आत्मघात गर्ने तर्फ लागे। भए जोगिएको राजनीतिको ऐनामा चिरा चिरा पार्न थाले र राजनीतिमा ठूलो बिचलन आयो।
आफ्नै सह योद्धा कृष्णप्रसाद भट्टराइलाई गिरिजा प्रसादले आत्मघात गरेपछि नै नेपालको राजनीतिमा चिरा पर्ने श्रृंखला सुरु भयो । तत्परान्त प्रधानमन्त्री बन्ने नै होडबाजी चल्यो। झोकमा शेर बहादुरको खेमा फुटेर गई कांग्रेस प्रजातान्त्रिक संगठन खोले र पछि फेरि जोडिन आए। बिशाल र मूल्यहीन प्रतिस्पर्धा हुन थाल्यो।
पार्टीभित्रै १९ चोटी प्रधान मन्त्रीमा उठी हार्ने रामचन्द्र पौडेल हाम्रै अगाडि देखा परेका छन्। अहिलेसम्म राजनीतिको निष्ठा र बिचार छोडी एकले अर्कोलाई उचाल्ने र पछार्ने काममा नेताहरुको लामो यात्रा सुरु भयो । अन्तर कलहले उग्र रुप लियो।
दुई तिहाईको कांग्रेसको सरकार गल्र्याम्म ढल्न गयो । देशको राजनीतिमा चिरा चिरा पर्ने काम बढ्दै गयो र नेपालको राजनीति भुसको आगो सरह हुन पुग्यो । स्थिर राजनीतिबाट बिचलन भई ९-१० महिने प्रधानमन्त्री हुन थाले र संसारले हाम्रो देशको राजनीतिको नशालाई राम्रोसँग बुझ्यो।
राजनीतिको निष्ठा विचार र आचरण ध्वस्त भएकोले च्याँखे थाप्न माओवादको जन्म भयो। भयंकर युद्ध भयो। देशको राजनीतिको ओभरकोट च्यातिइ धुजा धुजा हुन पुग्यो र देशको सम्पूर्ण राजनीति, अर्थनीति, सामाजिक र धार्मिक संरचना ५० बर्ष पछाडि धकेलिन पुग्यो र यो विचलनबाट भारतले बिस्तारै जमिन मिची आफूमा मिलायो । कमजोर र चिरा चिरा परेको राजनीतिलाई विभिन्न देशी विदेशी तत्वबाट गिद्धे नजर परी आज देश ठूलो धापमा फसेको छ।
कम्युनिस्ट नेता प्रधानमन्त्री मनमोहन अधिकारी बने। त्यो पनि ९ महिनामै ढाले । फलस्वरूप सम्पूर्ण पार्टीको राजनीति र सम्पूर्ण देशको राजनीतिमा चिरा चिरा पर्न गई देश बरबाद हुन पुग्यो। राजनीतिको निष्ठा विचार र आचरण ध्वस्त भएकोले च्याँखे थाप्न माओवादको जन्म भयो। भयंकर युद्ध भयो।
देशको राजनीतिको ओभरकोट च्यातिइ धुजा धुजा हुन पुग्यो र देशको सम्पूर्ण राजनीति, अर्थनीति, सामाजिक र धार्मिक संरचना ५० बर्ष पछाडि धकेलिन पुग्यो र यो विचलनबाट भारतले बिस्तारै जमिन मिची आफूमा मिलायो । कमजोर र चिरा चिरा परेको राजनीतिलाई विभिन्न देशी विदेशी तत्वबाट गिद्धे नजर परी आज देश ठूलो धापमा फसेको छ।
आज सम्पूर्ण पार्टीको सिद्धान्त हराएको छ । कांग्रेस कम्युनिस्टमा जाने, राप्रपा कम्युनिस्टमा जाने, माओवादी कांग्रेसमा मिल्ने यो कस्तो राजनीति ? सबै अबसरबादी, स्वार्थी बनि देश रोइ रहेको छ। अस्थिर संरचनाको गठबन्धन सरकारले शासन गरिरहेको छ। यस्तो चिरा चिरा परेको राजनीतिले के देशलाई विकासको बाटोतिर लैजान सक्छ? अबश्य सक्तैन।
तसर्थ समग्र राजनीतिले के आउँदो चुनावले कोल्टो फेरी के नयाँ विचारधारा बोकेर हिँडेका स्वाभिमानी, निस्वार्थी र दूरदृष्टि भएका नौजवान नेताहरुले शासन सत्ता सम्हाली के देशलाई हाँक्न सक्लान त ?यो हेर्न बाँकी नै छ।
यस्तो चिरा परेको पार्टीको राजनीतिले अब देशमा केही गर्न नसक्ने र सधैं साना तिना कुरामा मात्र अल्मलिँदै झुठको खेतीको राजनीति मात्र गरी जनतालाई भ्रममा परी राजनैतिक शासन र प्रणाली चलाउने हो भने देश फेरि झन् झन् दलदलमा फसी देश जस्ताको तस्तै हुने र नेता, कार्यकर्ता, माफिया र व्यापारीको मात्र बोलवाला भइ सर्वसाधारण जनताले खाली अपत्यारिलो ऋणमात्र आफ्नो टाउकोमा बोकी यही ऋणको भार आउँदा सन्ततिमा सारी आफू यस संसारबाट बिदा हुने बाहेक यो देशमा अरु के नै हुन सक्दछ र ?
तसर्थ निष्ठाको र आदर्श बिचारको राजनीति आउँदा पिढीले अबलम्बन गरी देशमा दण्ड सजायको भरपर्दो बिधान बनी कार्यान्वयन पनि गर्न सकेमा देश चाँडै नै उभो लाग्ने र राजनीतिले पनि काचुली फेर्दै जाने कुरा स्मरण गर्नु आवश्यक छ ।
Facebook Comment