स्थायी राजधानीको काम अघि बढेको छः मुख्यमन्त्री केसी
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशको स्थायी राजधानीको विभिन्न संरचना निर्माणका काम अघि बढेको बताएका छन । लुम्बिनी प्रदेशको स्थापना दिवसका अवसरमा दाङको भालुवाङमा आयोजित कार्यक्रममा उनले युद्धस्तरमा स्थायी राजधानीको काम अघि बढेको बताए ।
राजधानी क्षेत्रमा रोक्का भएको जग्गा तत्काल फुकुवा गर्ने तयारी रहेको मुख्यमन्त्री केसीले जानकारी दिए । “जमिन रोक्कालाई फुकुवा गर्ने तयारीमा छौँ”, उनले भने । जग्गा एकीकरण आयोजना सञ्चालन भइरहेको र त्यसमा विज्ञले सुझाव दिएको भन्दै अब तत्काल जग्गा एकीकरणको काम हुने बताए । राप्ती उपत्यकामा स्थायी राजधानी घोषणा भएपछि त्यहाँ जग्गाको कारोबार बन्द गरिएको थियो ।
५७ जना विभूषित
प्रदेश सरकारले स्थापना दिवसमा विभिन्न क्षेत्रमा योगदान पु¥याएका ५७ जनालाई विभूषित गरेको छ । विभिन्न १० विधाका पदकबाट ५७ जनालाई विभूषित गरिएको हो । मुलुकमा गणतन्त्र स्थापनार्थ योगदान पु¥याएको भन्दै लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले पदकसहित विभूषित गरेका हुन।
प्रदेश प्रमुख जनसेवा पदक ‘क’ बाट अर्घाखाँचीका भक्तीप्रसाद आचार्य, प्रदेश प्रमुख जनसेवा पदक ‘ख’बाट कपिलवस्तुका रामवरण यादव, रुकुम पूर्वका प्रेम मल्ल र दिलमाया बीएमलाई प्रदान गरिएको छ । प्रदेश प्रमुख जनसेवा पदक ‘ग’बाट बाँकेका माताप्रसाद कुर्मी, गुलजार खान, रोल्पाकी लली रोका र बर्दियाकी निर्मला योगी, मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ‘क’बाट गुल्मीका कर्णबहादुर क्षेत्री, मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ‘ख’बाट दाङका वासुदेव गौतम र रोल्पाकी तेजकुमारि ओली, मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ‘ग’बाट बर्दियाका टिकाराम थारु, प्रदेश सेवा समर्पण ‘क’बाट राजेन्द्र थापा, प्रदेश सेवा समर्पण ‘ख’बाट १५ जनालाई तथा प्रदेश सेवा समर्पण ‘ग’बाट दुई जनालाई विभूषित गरिएको छ ।
यस्तै उजिरसिंह दीप पदक ‘ख’बाट चार जनालाई, उजिरसिंह दीप पदक ‘ग’बाट दुई जनालाई, समाजसेवा श्री पदक ‘क’बाट एक जनालाई, समाजसेवा श्री पदक ‘ख’बाट आठ जनालाई, समाजसेवा श्री पदक ‘ग’बाट दुई जनालाई, प्रदेश रत्न पदक ‘ख’बाट एक जनालाई, प्रदेश रत्न पदक ‘ग’बाट दुई जनालाई, पुथाश्री शिखर पदक ‘ग’बाट एक जनालाई तथा प्रदेश प्रज्ञा पदक ‘ख’बाट दुई जनालाई विभूषित गरिएको छ ।
Facebook Comment