राजस्व कार्यालयमा ‘सेटिङ’ मिलाउन तस्कर पुगेपछि…

डिसी नेपाल
४ फागुन २०७८ ६:३५

इटहरी। तस्कर समूह र प्रहरीबीच पूर्वका सीमावर्ती क्षेत्रमा श्रृखलाबद्ध रुपमा झडप तथा आक्रमणका घटना बेला बेलामा हुने गरेका छन् । तर, मंगलबार दिउँसो भने राजस्व अनुसन्धान एकाई कार्यालय इटहरीमा फरक घटना हुन पुगेको छ ।

सशस्त्र प्रहरीले नै तस्करी गर्ने समूहका व्यक्तिलाईं लिएर राजस्व अनुसन्धान कार्यालय प्रमुख तीर्थ खनालको कार्यकक्षमा पुगे । प्रमुख खनालको कार्यकक्षमा सशस्त्र प्रहरी बल ४ नं. बाहिनीका सई गणेश खड्काले टेलिफोन गरि सशस्त्र प्रहरी सहायक हवल्दार थमबहादुर गिरीमार्फत देवानगञ्ज वडा नं. ५ का सन्तोष यादव लिएर पुगे । गिरीले यादवलाई कार्यालय प्रमुखको कार्यकक्षमा लगेपछि सोधीखोजी शुरु भयो । त्यस क्रममा यादवले भने, ‘म चिनी, सुर्ती र गुट्खा यताको उता गर्छु ।’ यादवले त्यसरी खुलामखुल्ला नियमकारी निकायका प्रमुखलाई चुनौती दिएपछि खनाल आवेसमा आएपछि हप्कीदप्की गरेपछि उनीहरु भाग्न खोजे ।

भाग्न खोज्दा समातेर पिट्दा उल्टै कार्यालय प्रमुख खनालको दाहिने हातको बुढी औला फ्याक्चर भएको छ । द्रेवे हातमा चोट लागेको छ । कार्यालय प्रमुखको कार्यकक्षबाट भाग्न सफल भएका यादव र प्रहरी सहायक हवाल्दार गिरी राजस्व अनुसन्धानको कार्यालयमा डियूटी बस्ने प्रहरीको आँखा छलेर तत्काल भाग्न सफल भए । डियूटीमा खटिएका सशस्त्र प्रहरीले घटना भएको सुर्ईको नै नपाएको जानकारी दिइयो ।

तीन महिनाअघि राजस्व अनुसन्धान एकाई कार्यालय इटहरीमा आएका खनालका अनुसार राजस्वले गस्ती गर्ने क्रममा सवैभन्दा बढी असहयोग सशस्त्र प्रहरीबाट भएको छ । प्रदेश नं. १ का जिल्लामध्ये सुनसरीका विभिन्न नाकाबाट विशेषगरी चिनी, युरिया मल, सख्खर, कपडा, सुर्ती, गुट्खा, रजनीगन्धा जस्ता पदार्थको चोरी पैठारी हुने गरेको छ । यी सामान सुनसरीको विशेषगरी, लौकही, घुस्की, देवानगञ्ज र कप्तानगञ्ज नाकाबाट भित्रिने गरेको छ । राजस्वको गस्ती टोली पुग्दा सशस्त्र प्रहरीले नै अग्रीम सूचना चुहाउने गरेको कार्यालय प्रमुख खनालको दावी छ ।

सशस्त्र प्रहरी बल ४ नं. बाहिनीका सइ गणेश खड्काले भने चिनजानकै व्यक्ति आएर राजस्वका प्रमुखसमक्ष चिजान गर्ने भनेपछि टेलिफोन गरी दिएपनि अरु घटना’bout आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिए ।

यसैबीच, सुनसरीकै हरिनगर गाउँपालिकाको घुस्कीका नसरुद मिया, जमसेद आलमले आफूहरू चिनीको कारोबार गर्ने र सेटिङ मिलाउनुपर्ने भन्दै राजस्व कार्यालयमै आएकाले उनीहरूलाई समेत नियन्त्रणमा लिएर बयान लिइराखिएको जानकारी दिइयो ।
राजस्व अनुसन्धान एकाई कार्यालय इटहरीले साउनयता मात्रै २० हजार किलो चिनी १६ लाख मूल्य बराबरको बरामद गरेको तथ्याङ्कमा उल्लेख छ । यस्तै, आठ लाख बराबरको कपडा, सुर्ती तथा लागूऔषधजन्य पदार्थ दुई लाख बराबरको बरामद गरिएको तथ्याङ्क छ । यस्तै, भिसिटीएस जरिवानाबापत ५२ लाख ९५ हजार असुलेको छ भने राजस्व चुहावटसम्बन्धी १४ करोड बिगो दावीसहित मुद्दा पेस गरिएको छ । अन्य ५० हजारभन्दा मुनीका विभिन्न मुद्दामा तीस लाख बराबरको मुद्दा दर्ता गरिएको छ । राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *