एमसीसीविरुद्ध महोत्तरीमा माओवादी निकट भातृ संगठनको राँके जुलुस
महोत्तरी । महोत्तरीमा माओवादी केन्द्र निकट भातृ संगठनले एमसीसीविरुद्ध बुधबार बेलुकी प्रदर्शन गरेका छन् ।
आज टेबुल हुने कार्य तालिकाबाट सरकार पछि हटे पनि केही दलहरू एमसीसी पास गराउने षड्यन्त्रमा लागि रहेको भन्दै जिल्लाको बर्दिबास सहरमा वाइसिएलले राँकेजुलुस निकालेको हो ।
वाइसेल नेपालका प्रदेश इन्चार्ज शङ्कर महतोले एमसीसी पास गराउन सरकार लागि परेको बताउँदै त्यसविरुद्ध थप आन्दोलित बन्ने चेतावनी दिएका छन् ।
राँके जुलुसलाई नियन्त्रण गर्ने क्रममा केहीबेर प्रहरी र वाइसेल कार्यकर्ताबीच झडपसमेत भएको थियो । एमसीसीको आँखा नेपालका प्राकृतिक सम्पदामा परेको बताउँदै इन्चार्ज महतोले ज्यान गए पनि यसको प्रतिवाद गर्ने बताएका छन् ।
प्रतिक्रिया
Facebook Comment