कर्णाली प्रदेश प्रमुख परियारद्वारा भेरी बबई डाइभर्सन अवलोकन
सुर्खेत । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अवलोकन गर्नुभएको छ । प्रदेश प्रमुख परियारले आज भेरीगङ्गा नगरपालिका सुर्खेतस्थित आयोजनाको मुहान चिप्लेमा अनुगमन गरेका हुन ।
अवलोकनका क्रममा उहाँले आयोजनाको कार्य अहिलेसम्म सन्तोषजनक रहेको र निर्धारित समयमै पूरा हुने विश्वास व्यक्त गरे । राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले यहाँको अर्थतन्त्र निर्माणमा ठूलो सहयोग पु¥याउने जनाए ।
“तपाईँहरुले गर्नुभएको काम कदरयोग्य छ”, प्रदेश प्रमुख परियारले भन्नुभयो, “यो आयोजना निर्माणले सिङ्गो मुलुकको आर्थिक समृद्धिमा सहयोग पुग्नेछ ।” विगतमा आयोजनाको सुरुङ पहिलोपटक टनेल बोरिङ मेसिन प्रयोग गरी तोकिएको समयावधिभन्दा अघि नै काम सम्पन्न भएकाले अब पनि आफ्नो लक्ष्य पूरा गर्ने उनको भनाइ थियो ।
आयोजना प्रमुख हरिनारायण यादवले कोभिड–१९ को महामारीले आयोजनाको काममा अवरोध पु¥याएको बताए। उनका अनुसार हाल भारत र इजरायलबाट दक्ष जनशक्ति ल्याएर द्रुतगतिमा काम अगाडि बढाइएको छ । “हामी आगामी आव २०७९र८० भित्रै आयोजनाको सम्पूर्ण काम काम सम्पन्न गर्छौँ”, उहाँले भन्नुभयो, “अब भने जस्तोसुकै परिस्थितिमा पनि आयोजनाको काम निरन्तर बढाउँछौँ ।
आयोजना सुरु भएबाट बाटो नभएको ठाउँमा बाटो, नदीहरूमा तटबन्ध निर्माण, विद्यालयमा तारबार लगाउने र खानेपानीका संरचना बनाउने कामले यहाँ स्थानीयवासीलाई लाभ पुगेको उनको भनाइ छ ।
Facebook Comment