देशभर थपिए ४३७ कोरोना संक्रमित

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ४३७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ९ हजार ९१ जनाको कोरोना परीक्षण गरिएकोमा ४३७ जनामा संक्रमण पुष्टि भएको हो ।
५ हजार १३३ जनाको पिसिआर गर्दा २७५ जना र ३ हजार ९५८ जनाको एन्टिजेन परीक्षण गर्दा १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा देशभर २ हजार ४५४ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप दुई जनाको ज्यान गएको छ ।
हाल देशभर १४ हजार ४३५ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया
Facebook Comment