तुलसीपुरका इँटा उद्योगमा बालश्रमिक

दाङ। दाङको तुलसीपुरका इँटा उद्योगले बालश्रमिक राख्ने गरेको पाइएको छ । उपमहानगरपालिकाभित्रका इँटा उद्योगमा साढे तीन सय हाराहारीमा बालश्रमिक रहेको पाइएको हो । बेस संस्थाअन्तर्गत रहेको सक्रिय परियोजनाले गरेको तथ्याङ्क सङ्कलनअनुसार ३४८ बालबालिका श्रममा रहेको खुलेको हो ।
उपमहानगरपालिकाभित्र रहेका १७ वटामध्ये १५ इँटा उद्योगमा गरिएको अध्ययनानुसार १८० बालक, १६८ बालिका रहेको बेस संस्थाका कार्यक्रम अधिकृत पिङ्की चौधरीले जानकारी दिए । “हामीले उपमहानगरपालिकाभित्रका इँटा उद्योगमा अनुगमन ग¥यौंँ, सुक्ष्मरूपमा त्यहाँको अवस्था पनि हे¥यौँ, त्यहाँ धेरै बालबालिका श्रमिक रहेको पाइएको हो”, उनले भने ।
अहिले इँटा उद्योगमा बालश्रमिक राखेको तथ्याङ्क सार्वजनिक गरेर उनीहरुलाई उद्धार गर्न सङ्घसंस्थाले चासो देखाएका छन् । उपमहानगरपालिकाले उद्योगमा बालश्रमिक राख्न नपाउने नीति–निर्माण भइसकेको र कार्यान्वयनको चरणमा रहेको सामाजिक विकास समिति संयोजक कुमार लामिछानेले जानकारी दिए ।
अहिले इँटा उद्योगमा काम गर्ने बालबालिकाहरू नभई आश्रित परिवारका रहेको दाङ देउखुरी इँटा उद्योग व्यवसायी समितिका अध्यक्ष प्रेमनाथ योगीले बताए ।
Facebook Comment