प्रवासी नेपाली मञ्च मासाचुसेट राज्य कमिटी गठन

बोस्टन । प्रवासी नेपाली मञ्च मासाचुसेट राजय कमिटी गठन गरिएको छ । फेब्रुअरी १९, २०२२ शनिवारका दिन प्रवासी नेपाली मन्च अन्तराष्ट्रिय कमिटीका प्रचार विभाग प्रमुख तथा अमेरीकाका अध्यक्ष प्रभु थापा र अमेरिकाज क्षेत्र तथा यसका क्षेत्रीय अध्यक्ष इश्वरी भट्ट तथा अमेरिकाज क्षेत्रका सदस्य बुद्दवर्ज् लामा ओएनएफ केन्द्रीय सदस्य भिम ओलीको उपस्थितीमा म्यासाचुसेट राज्य कमिटीका अध्यक्ष राज कुमार थापाको अध्यक्षतामा भएको भेलाले डा. प्रतीक अर्याल अध्यक्ष रहेको मासाचुसेट राज्य कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्ष चन्द्रकला ढकाल, सचिव नवराज जमरकट्टेल, कोषाध्यक्ष स्कन्द यादव, सदस्यहरू दिपेन्द्र सुवेदी, भिम वस्ती र अभिषेक आचार्य रहेका छन् । आफ्नो तेस्रो राष्ट्रिय अधिवेशनमा जुटेको प्रवासी नेपाली मन्च अमेरिका राष्ट्रिय कमिटी यही फेव्रुअरी अन्तिम सम्ममा आफ्ना सम्पूर्ण सदस्यहरू दर्ता/नवीकरण र राज्य कमिटीहरू गठन/पुनर्गठन सम्पन्न गर्ने उद्देश्यक साथ अघि बढिरहेको छ । न्यू हेम्पसायर, न्यूजर्सी, टेक्सास, केन्टुकी, फ्लोरिडा पछि यो छैटौ राज्य कमिटी बनेको हो ।
Facebook Comment