भीष्मराज फुलाराको चौँथो कृति ‘वासुदा’ सार्वजनिक

डिसी नेपाल
८ फागुन २०७८ २३:१५

काठमाडौं । युवा साहित्यकार भीष्मराज फुलाराको चौँथो कृति ‘वासुदा’ उपन्यास सार्वजनिक भएको छ । साहित्यकार नवराज लम्साल, समालोचक ज्ञाननिष्ठ ज्ञवाली, लेखक फुलारा र उनका दाजु वासुदेव फुलाराले आज राजधानीमा आयोजित कार्यक्रममा संयुक्त रूपमा कृति लोकार्पण गरे।

समालोचक ज्ञवालीको नौ पृष्ठ लामो भूमिका रहेको कृतिमा छ । उपन्यासमा सङ्घर्ष, प्रेम र उद्देश्यको त्रिवेणी रहेको समीक्षा गर्दै ज्ञवालीले बताए । ज्ञवालीले भूमिका लेखेको यो ७५औँ पुस्तक भएको जानकारी पनि कार्यक्रममा गराइएको थियो ।

लम्सालले उपन्यासमा लेखकले आफ्ना दाजु भाउजुको प्रेमकथालाई विषयवस्तुका रूपमा प्रस्तुत गरेर नयाँ प्रयोग गरेको सुनाए । लेखकले आफू साहित्यमा लागेर अपार आनन्द पाएको बताउँदै लेखनमे आनन्दानुभूति हुन थालेको अनुभव सुनाए । लेखकका दाजु वासुदेव फुलाराले आफ्नो संघर्षको कथा उपन्यासमा आए पनि यो धेरै युवाको कथा भएको चर्चा गरे । कार्यक्रमको आयोजना फुलारा लिटरेचर फाउन्डेसनले गरेको हो ।

उपन्यास २४३ पृष्ठको छ । पुस्तकको प्रकाशन फुलारा लिटरेचर फाउण्डेशनले गरेको हो । उपन्यासको मूल्य साधारण गाता रु ३५५ र बाक्लो गाता रु ५५० छ । पुस्तकलाई थ्री स्टार प्रिन्टिङ प्रेसले मुद्रण गरेको हो । लेखकका यसअघि ‘नफापेको मान्छे’ र ‘टुहुरो कुण्डली’ उपन्यास एवं ‘नेपाली भाषा र साहित्यको इतिहास त्यहाँदेखि यहाँसम्म’ साहित्यिक इतिहासको कृति प्रकाशन भइसकेको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *