बर्दियामा ट्रकको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

काठमाडौं । बर्दियाको राजापुर नगरपालिका–४ छेदियामा आज ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
स्थानीय पुनाराम थारुका ३ वर्षीय छोरा सोनमको मृत्यु भएको हो । ट्रकको ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको हो ।
सोमबार बिहान ११ बजे बालकलाई भे १ क १३९६ नम्बरको ट्रकले ठक्कर दिएको थियो । सवारी साधन सहित चालकलाई ईलाका प्रहरी कार्यालय राजापुरले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया
Facebook Comment