बिहान उठ्ने बितिकै यी ५ गल्ती कहिलै नगर्नुहोस्, स्वास्थ्यमा पर्छ नराम्रो असर
काठमाडौं । तपाई बिहान उठ्ने बितिकै के गर्नु हुन्छ ? हरेक विहानको सुरुवातले तपाईको दिन कस्तो हुन्छ निर्धारण गर्दछ । हामी हरेक बिहान निद्राबाट उठ्ने बित्तिकै धेरै यस्ता गलत कामहरू गर्छौं जसले हाम्रो स्वास्थ्यलाई प्रत्यक्ष असर गर्छ। जसको फलस्वरुप दिनभर सुस्त, नकारात्मक सोच र चिडचिडापनले दिन बित्छ । घर र अफिसमा पनि मानिसहरूसँग हाम्रो सम्बन्ध बिग्रन्छ । आउनुहोस् हामी तपाईलाई बिहानका ५ यस्ता खराब बानीका बारेमा बताउँछौँ। जसलाई छोडे,तपाईले आफ्नो दिन पक्कै राम्रो बनाउन सक्नुहुन्छ।
बिहान उठ्ने बितिकै यी ५ गल्ती कहिलै नगर्नुहोस् :
फोन हेर्नु – पहिलो नराम्रो बानी भनेको उठ्ने बित्तिकै स्मार्टफोनको डिस्प्ले हेर्नु हो । यो खराब बानीले हाम्रो आँखालाई हानि पुर्याउन सक्छ। बरु, बिहान उठेर मनतातो पानी पिउनुहोस्। हात धुनुहोस्। बालकनीमा छोटो पैदल यात्रा गर्नुहोस् वा झ्यालको नजिक जानुहोस् र ताजा हावामा सास लिनुहोस्। आफ्नो लागि केही समय दिनुहोस् ।
ब्रेकफास्ट छाड्नु– खानको लागि निकालिएको खाना वा खाजा आधा खाएर छोड्नु राम्रो बानी होइन । त्यसैले थोरै खाजा लिनुहोस् । साथै बिहान चिया र कफीले मात्र दिनको सुरुवात नगरी केही बे्रकफास्ट पनि लिनुहोस् । दिनको सुरुवात राम्रो बनाउँनका लागि स्वस्थ्य नास्ता लिनु धेरै महत्वपूर्ण हुन्छ । बिहानको खाजामा अण्डा, टोस्ट, ओटमिल वा ताजा फलफूल खान सक्नुहुन्छ।
योजनाअनुसार नचल्नु – बिहान उठेपछि सबैभन्दा पहिले आफ्नो दिनको योजना बनाउनुपर्छ र त्यसपछि त्यसलाई कार्यान्वयन गर्नुपर्छ । तपाईले बनाउनु भएको योजना अनुसार काम गर्नु भएन भने चाहेअनुसारको काम नबन्न पनि सक्छ । त्यसैले आफ्नो हरेका काम योजना सहित चल्दा राम्रो हुन्छ । साथै यदि तपाईंसँग कतै बाहिर जानु अघि खाली समय छ भने, घर वा फ्रिज सफा गर्ने वा बिरुवालाई पानी दिने जस्ता कामहरू गर्न सकिन्छ।
नुहाउनबाट भाग्नु– बिहान नुहाएर कामको लागि बाहिर निस्कीनु भयो भने तपाईलाई काम गर्न जोश जाँगरलागि रहने छ । नुहाएर बाहिर निस्कीदा दिनभर ताजा महसुस गर्नुहुने छ ।
नुहाउँदा हाम्रो शरीरले राम्रो हर्मोन उत्सर्जन भएको महसुस हुन्छ । यसले हामीलाई काम गर्दा ऊर्जाको लागि तयार गर्दछ।
नकारात्मक विचार– बिहान उठ्ने बित्तिकै तपाईको जीवनमा भइरहेको नकारात्मक कुरा वा कठिनाइहरूको बारे कहिलै नसोच्नुहोस् । बरु उठिसकेपछि योग व्यायम गर्नुहोस् । आफ्नो जीवनमा भइरहेका राम्रा कुराहरूलाई सम्झनुहोस् र खुसी हुनुहोस् । भोली राम्रो हुन्छ या गर्छु भन्ने आशा कहिल्यै नछोड्नुहोस्। याद गर्नुहोस् बिहान तपाईको दिमागमा आउने नकारात्मक विचारले तपाईको दिन नै निरासामय हुनेछ ।
Facebook Comment