शिल्पा शेट्टीको विशेष योगा टिप्स, महिनावारीको पीडालाई भगाउनुस् टाढा…
काठमाडौं । प्रजनन उमेर समूहका महिलाहरुमा रजस्वला हुनु एक प्राकृतिक नियम हो । महिलाहरुले हरेक महिना महिनावारीसँग सम्बन्धित धेरै समस्याहरू सामना गरिरहेका हुन्छन् । महिलाहरुलाई महिनावारीको समयमा पेट दुख्ने समस्या कहिलेकाहीँ यति पीडादायी हुन्छ कि सहन पनि गाह्रो हुन्छ। महिलाहरु यो पिडा सहन नसकेर औषधि समेत सेवन गर्ने गर्दछन् तर यसले स्वास्थ्यलाई धेरै किसिमले हानी पुर्याउँछ ।
यदि तपाई पनि महिनावारीको दुखाईबाट बच्ने उपाय खोज्दै हुनुहुन्छ भने यो तपाईका लागि उपयोगी हुनेछ । बलिउडकी फिट्नेस क्वीन शिल्पा शेट्टीले आफ्नो भिडियोमा योगा गरेर महिनावारीका कारण हुने दुखाईबाट छुटकारा पाउन सकिने बताएकी छिन् । शिल्पा शेट्टीले इन्स्ट्राग्राममा भिडियो सेयर गर्दै महिनावारीका समयमा गरिने केही सहज योगासनहरूका बारेमा बताएकी हुन् । जस्ले महिनावारीको दुखाइबाट सजिलै छुटकारा पाउन सकिने बताएकी छिन् ।
शिल्पा शेट्टीले भिडियोको क्याप्सनमा लेखेकी छिन्– धेरै वर्षसम्म हरेक महिना महिनावारीको पीडा सहनु सजिलो कुरा होइन । विशेष गरी जब तपाईंसँग धेरै कामहरुको जिम्मेवारी हुन्छ । उनी थप लेख्छिन् – आफूलाई केही समय दिएर लगातार योग गर्नाले दुखाइबाट राहत पाउन सकिन्छ र जसका कारण तपाईको मासिक चक्र पनि सामान्य रहन्छ । केही योगासनले प्रजनन प्रणाली र पेटको मांसपेशीको कार्यमा सुधार ल्याउन मद्दत गर्छ। जसले गर्दा दुखाइबाट राहत मिल्ने शिल्पा बताउँछिन् ।
शिल्पा शेट्टीले प्रायः स्वस्थ जीवनशैलीका टिप्सहरु आफ्ना फ्यानका लागि सेयर गरिरहेकी हुन्छिन् । उनीबढ्दो उमेरसँगै आफूलाई कसरी फिट राख्न सकिन्छ भन्ने सबैभन्दा ठूलो उदाहरण शिल्पा शेट्टी हुन् ।
हेर्नुहोस् भिडियो:
View this post on Instagram
Facebook Comment