अनुहार सुन्दर र गोरो बनाउँन चाहनु हुन्छ ? यस्ता छन् घरेलु उपायहरु

डिसी नेपाल
१३ फागुन २०७८ ११:५९

काठमाडौं । अनुहारलाई सुन्दर बनाउनका लागि विभिन्न तरिकाहरु अपनाउँछौं । जस्तै बजारमा आएका अनेक किसिमका क्रिम देखि विभिन्न घरेलु उपाय पनि अपनाउँछौ । तर त्यसको परिणम हामी त्यती पाउदैनौं जति हामीले आशा गरेका हुन्छौं । आउनुहोस् आज हामी यस्तो घरेलु उपायहरुका बारेमा बताउँछौ जस्ले तपाईको अनुहारको छालालाई सुन्दर बनाउनुका साथै गोरो बनाउन पनि सहयोग गर्दछ ।

अनुहार सुन्दर बनाउँने घरेलु उपायहरु:
प्रत्येक दिन कम्तिमा पनि ३ पटक सफा पानीले अनुहार सफा गर्ने ।

तरबुज –अनुहार सफा गर्न तरबूजलाई अनुहारमा लगाउनुहोस् र १५ मिनेटसम्म यसलाई यतिकै छोड्नुहोस्। त्यसपछि मन तातो पानीले धुनुहोस् । यसो गर्दा तपाईको अनुहार सफा हुन्छ ।

बेसार–बेसारलाई खानाको रंग र स्वाद बढाउनका साथै अनुहारलाई चम्किलो बनाउन प्रयोग गर्न सकिन्छ । बेसार अनुहारको छालाको लागि धेरै उपयोगी हुन्छ । यसले अनुहारको छालालाई चम्किलो बनाउँछ। थोरै बेसारमा गुलाब जल राखी पेस्ट बनाउने र उक्त पेस्टलाई अनुहारमा लगाउने । १५ मिनेट पछि मन तातो पानीले यसलाई धुने। यसो गर्दा तपाईको अनुहारका छाला चम्किलो बनाउनुका साथै गोरो पनि बनाउँछ ।

मह – अनुहारको सौन्दर्यका लागि मह निकै प्रभावकारी हुन्छ । अनुहारमा महको प्रयोग गर्नाले अनुहारको दाग हट्छ । राती सुत्नु भन्दा अगाडी अनुहार सफा गरिसकेपछि महलाई अनुहारमा लगाउने । १५ मिनेटपछि यसलाई धुने यसो गर्दा तपाईको अनुहारको छालालाई चम्किलो बनाउँनका साथै अनुहारको दाग धब्वाहरु हटाउँछ ।

घ्यू कुमारी –एलोभेरा वा घ्यू कुमारीको प्रयोगले अनुहारलाई चम्किलो र नरम बनाउँछ। किनभने यसमा पर्याप्त मात्रामा पोषक तत्व पाइन्छ । ताजा घ्यूकुमारीको पातलाई राम्ररी धोएर पानीमा उमाल्नुस् र यसलाई लेदो बनाउनुस् । यसमा थोरै मह हालेर प्याक बनाउनुस् ।त्यो प्याकलाई अनुहार र घाँटीमा लगाएर २० देखि २५ मिनेटसम्म छाडिदिनुस् । त्यसपछि धुन सकिन्छ । यस्तो फेस प्याक हप्तामा दुईपटक लगाउँदा राम्रो हुन्छ ।

टमाटरको रस–टमाटरको रस निकाल्नुहोस्, त्यसपछि यसलाई १ कप बेसनमा राम्ररी मिलाउनुहोस् र पेस्ट बनाउनुहोस्। त्यसपछि यसलाई अनुहारमा लगाउनुहोस् र १० मिनेटको लागि छोड्नुहोस्। पछि मनतातो पानीले धुनुहोस्।

केसर र दही–केसर अनुहारको गोरोपन बढाउनको लागि धेरै उपयोगी छ। केसर र दहीको मिश्रणको पेस्ट बनाएर अनुहारमा लगाउने । यसलाई १५ मिनेटसम्म सुकाउन दिनुहोस् । त्यसपछि मनतातो पानीले अनुहार सफा गर्नुहोस्। तपाईको अुनहार गोरो हुनका साथै चम्किलो पनि बनाउँछ ।

नरिवलको पानी –अनुहारको सुख्खापन र दाग हटाउनको लागि दिनको दुई पटक अनुहारमा नरिवल पानी लगाउनु पर्छ। नरिवल पानीको प्रयोगले अनुहारको चाउरी परेको दाग पनि मेटिन्छ ।

स्ट्रबेरी– स्ट्रबेरी पनि अनुहारको सौन्दर्य बढाउन प्रयोग हुने उपयोगी फल हो । स्ट्रबेरी भिटामिन सी हुने भएकाले यसले छालालाई सफा, मुलायम र नरम राख्न मद्दत गर्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *