शंकास्पद वस्तु टाइम बम, सेनाद्वारा निष्कृय
महोत्तरी। महोत्तरीमा फेला परेको शंकास्पद वस्तु टाइम वम भएको पुष्टि भएको छ ।टाइम बम भएको पुष्टि गर्दै नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ ।
अहिले यहाँको जनजीवन सामान्य बनेको नगर प्रमुख हरि मण्डलले जानकारी दिए ।प्रहरीले उक्त बमको बिषयमा अनुशन्धान अगाडि बढाएको छ । नगरपालिका कार्यालयनजिकै राखिएको बमको बिषयमा अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
विहान करिब १० बजे झोलाभित्र प्रेसर कुकर र तार फेला परेपछि स्थानीयले प्रहरीलाइ खवर गरेका थिए ।
प्रतिक्रिया
Facebook Comment