नेपाली राजदूतावास जापानबाट पनि विद्युतीय राहदानी दिन सुरु

टोकियो । नेपाली राजदूतावास जापानबाट पनि विद्युतीय राहदानी वितरण सुरु भएको छ। शुक्रबारबाट जापानमा विद्युतीय राहदानीको प्रि-इनरोलमेन्ट शुरुवात गरिएको हो।
हाललाई प्रारम्भिक चरणमा केही दिनको लागि मात्र खुल्ला गरिएको नेपाली राजदुतावासले जनाएको छ । उक्त अवधिभर राहदानी हराएका, म्याद समाप्त भएका र ३ महिना मात्र म्याद बाँकी भएकाहरुले प्रि -इनरोलमेन्ट गरी समय बुकिङ गर्न सक्नेछन् । प्रि-इनरोलमेन्ट्रको लागि भने दुताबासमा प्रत्यक्ष उपस्थित हुनुपर्नेछ ।
प्रतिक्रिया
Facebook Comment