मोटरसाइकल र माइक्रो ठोकिँदा आगलागी, ५ जना घाइते

दाङ । दाङको बेल्झुन्डीमा मोटरसाइकल सँग ठोकिँदा हायस माइक्रोमा आगो लागेको छ ।
आइतबार राति करिब ९ बजेको समयमा दाङको बेल्झुन्डीमा हायसमा मोटरसाइकल ठोकिँदा आगलागी भएको स्थानीयले बताएका छन् । घटनामा ५ जना घाइते भएका छन् भने गाडी जलेर पूर्ण रुपमा नष्ट भएको छ ।
आगलागी भएको निकै बेरसम्म पनि दमकल र घाइतेलाई उपचारका लागि लैजान एम्बुलेन्स नआएको भन्दै स्थानीयले आक्रोश पोखेका छन् । घटनाबारे थप विवरण आउँदै छ ।
प्रतिक्रिया
Facebook Comment