बडीमालिकाका आठ सय किशोरीलाई स्यानेटरी प्याड

डिसी नेपाल
२० फागुन २०७८ ८:५७

बाजुरा। बाजुराकाे बडीमालिका नगरपालिका-२ र ४ नम्बर वडाका ८ सय किशोरी र महिलालाई स्यानेटरी प्याडसहित स्वास्थ्य सुरक्षा र सरसफाइ सामग्री सहयोग गरिएको छ।

बडीमालिका नगरपालिकाका उपमेयर कविता विष्टका अनुसार किशोरीलाई महिनावारीका बखत स्वास्थ्य सुरक्षा अपनाउन सहज हाेस् भनेर स्यानेटरी र स्वास्थ्य सरसफाइका सामग्री वितरण गरिएको हाे। बडीमालिका नगरपालिकाको समन्वय र मानवीय सेवामा अनेकौ प्रयास कैलालीको सहयोगमा नगरपालिकाका प्याड  वितरण गरिएको हो।

वडा नम्बर ८ मा बुधबार सात लाख ५० हजार बराबरको  र वडा नम्बर २ मा तीन लाख बढीको प्याड, नुहाउने साबुन, ब्रस लगायका सामग्री वितरण गरिएकाे हाे। बडीमालिका नगरपालिका–२ र ८ वडालाई मार्च ८ मा छाउपडी गोठमुक्त घोषणा गर्ने कार्यक्रम तय भइसकेकाे छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *