कपिलवस्तुमा ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु

कपिलवस्तु। कपिलवस्तुमा ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २६ वर्षीय अनिल गाहा रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।
कपिलवस्तुको वाणगंगा नगरपालिका–११ ओदारीमा हिजो बेलुकी साढे ८ बजे भारतिय नम्बरको ट्रकले लु १ ह १९२३ नम्बरको टेम्पोलाई ठक्कर दिएको हो । ट्रक सहित चालकलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया
Facebook Comment