छुपीमाया गुरुङको संघर्ष : होटल सञ्चालकदेखि गाउँपालिका प्रमुखसम्म

डिसी नेपाल
२४ फागुन २०७८ २०:५५

लमजुङ । लमजुङका आठ स्थानीय तहमध्ये एउटा गाउँपालिका महिलाले नेतृत्व गरिरहेकी छन् । छुपीमाया गुरुङले जिल्लाको दूधपोखरी गाउँपालिकाको प्रमुखमा जित हात पारेको पाँच वर्ष पुग्नै लागेको छ ।

गुरुङ होटल सञ्चालकदेखि गाउँपालिका प्रमुखसम्म बनेकी हुन् । गुरुङ २०५८ सालमा तत्कालीन विद्रोही कपा माओवादीबाट विस्थापित भएपछि सदरमुकाम बेंसीशहरमा गुमनाम हुन पुगिन् । सदरमुकाममै उनले १३ वर्षसम्म कोल्की होटल एण्ड लज सञ्चालन गरिन् ।

पूर्वी लमजुङको दूधपोखरी गाउँपालिकाका जनताहरु दुईदिनको पैदल हिँडेर सदरमुकाम आउने भएकाले उनीहरुको सेवाका लागि होटल व्यवसाय सञ्चालन गरेको उनी बताउँछिन् । ‘दुर्गम दूधपोखरी लमजुङको कर्णाली भएकाले त्यहाँका जनतालाई सेवा दिन होटल खोलेकी थिए’ उनले भनिन्,‘गाउँठाउँबाट सदरमुकाम आउनेहरुलाई पैसाको समस्या हुँदा निःशुल्क सेवा दिएको थिए ।’

महिला प्रमुख भएसँगै महिला, दलित, पिछडिएका जनजातीलाई व्यवसायिक बनाई जनताको सेवामा समर्पित भएर काम गरेको उनी बताउँछीन् । ‘२७ वर्षसम्म निरन्तर सक्रिय राजनीतिमा होमिएँ, आधा जिन्दगी राजनीतिमा गयो, अब आधा जिन्दगी जनताको सेवा गर्ने मौका पाएँ’ उनले खुशी हुँदै थपिन् ।’ अविवाहित उनी जनताको प्रतिनिधि भएर काम गर्न पाएकोप्रति गर्व गर्छिन् ।

जनताको आवश्यकता अनुसार नै पालिकाभित्र भौतिक पुर्वाधार, सडकको विकास, बिस्तार र स्तरउन्नती संगै शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका र कृषि क्षेत्रमा जनताले अनुभुती हुने खालको काम गरेको उनको दाबी छ ।

स्थानीय तहलाई आवश्यक हुने नीति नियम र कानुन कार्यविधिहरु तयार गरी यसको कार्यन्वयन गरेको उनको भनाई छ । यसअघि गाउँपालिकाका सबै वडामा सडकको पहुँच थिएन आफू निर्वाचन भएर आएसँगै गाउँपालिकाका सबै वडालाई सडक संजालले जोडेको उनी बताउँछिन् । एक घर एक धाराको अभियान कार्यक्रमलाई प्रथामिकता दिई ८० प्रतिशत नागरिकका घरमा खानेपानीका धारा पुगेका छन् ।

निर्वाचन भएर आएसँगै गाउँपालिकाभित्रका ६ वटा वडामध्ये ४ वटा वडामा केन्द्रीय प्रसारण लाईन विस्तार गरेको गुरुङले बताइन् । गाउँपालिकाभित्रका सुत्केरीलाई निशुल्क स्वास्थ्य परिक्षण सहित पोषणयुक्त खानाको व्यवस्थापनको लागि सुरक्षीत पोषणयुक्त कार्यक्रम सञ्चालन गरीयो । महिलालाई सिप सिकेर आत्मनिर्भर बन्न सिलाईकटाई तालीम, गुडीया बनाउने तालीम सञ्चालन गरी रोजगारी सिर्जना गरीयो । स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखेर गाउँपालिकामा १५ शैयाको आधारभुत अस्पताल निर्माणकार्यसमेत अगाडी बढको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *