वागमती प्रदेश मुख्यमन्त्रीको सल्लाहकारमा प्रकाश विकल्प

डिसी नेपाल
२६ फागुन २०७८ १६:४०

काठमाडौं । लेखक एवम् राजनीतिकर्मी प्रकाश विकल्प वागमती प्रदेश मुख्यमन्त्रीको सल्लाहकारमा नियुक्त भएका छन् । वागमती मन्त्रिपरिषद्को केही दिनअघि बसेको बैठकले उनलाई सल्लाहकारमा नियुक्त गरेको हो ।

मुख्यमन्त्री राजेन्द्र पाण्डेको लक्ष्यअनुरूप अघि सारेको स्मार्ट सरकार बनाउने ,वडातहसम्मको समाजवादी कार्यक्रम र प्रविधिमैत्री यातायात क्षेत्रलगायतका प्रदेश विकासका नविनतम कार्यक्रमलाई रणनीतिकरूपमा अघि बढाउन विकल्पसहित अन्य केहीलाई सल्लाहकारमा नियुक्त गरेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

आफूले पाएको जिम्मेवारी वैज्ञानिक खोज, अनुसन्धान, अन्वेषण र प्रयोगको माध्यमद्वारा समाज रुपान्तरणमा प्रयोग गर्ने प्रकाशले बताएका छन् ।उनले बाग्मती प्रदेशको बृहत्तर हित र प्रदेश सरकारको अनुभती जनस्तरमा गर्ने तवरले कार्य सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनी माओवादी केन्द्रीय सदस्य तथा स्थानीय तह विभागका उपप्रमुखसमेत हुन् । प्रतिनिधिसभा विघटनविरुद्धको संयुक्त आन्दोलन परिचालनमा उनी सचिवालयमा थिए ।

प्रकाशले ‘देश किन बनेन’, ‘समृद्धिको रोडम्याप’ लगायतका पुस्तक समेत लेखेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *