श्रीलंका पुलिसमाथि नेपालको फराकिलो जित

डिसी नेपाल
२६ फागुन २०७८ १८:५३

काठमाडौं । अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा श्रीलंका पुलिसमाथि १४४ रनको फराकिलो जित हात पारेको छ ।

नेपालले दिएको ३३२ रनको लक्ष्य पछ्याएको श्रीलंका पुलिस ३६ ओभर ५ बलमा १८७ रनमै सेमेटिएपछि नेपालले लगातार तेस्रो जित निकालेको हो ।

श्रीलंका पुलिसका कप्तान सी सिल्भाले सर्वाधिक ६४ रन बनाए । यस्तै एस मौर्याले ५०, एल वेभिताले ३७ रनको योगदान गरे ।

नेपालको जितमा करण केसीले ३ विकेट लिए । यस्तै सागर ढकाल, कमल सिंह ऐरी तथा कप्तान सन्दीप लामिछानेले समान २-२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३३१ रनको विशाल योगफल तयार पारेको थियो ।

श्रीलंका पुलिसविरुद्ध नेपालका चार खेलाडीले अर्धशतक पूरा गरेका थिए । रोहित पौडेलले सर्वाधिक ७२ रन बनाए । कुशल भुर्तेलले ५७ रन, करणले ५३ रन तथा आसिफ शेखले ५२ रनको योगदान गरे । यस्तै कमल सिंह ऐरीले अविजित ४५ रन, आरिफ शेखले २६ बनाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *