चार लाखभन्दा बढी रकम लुटेको आरोपमा एक जना पक्राउ

दाङ । एक जना महिलाको चार लाखभन्दा बढी रकम लुटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बिहीबार बाटोमा हिँड्दै गरेकी महिलाको हातेपर्स खोसेर चार लाखभन्दा बढी रकम लुटेको आरोपमा दाङको घोराही उपमहानगरपालिकाका एक युवकलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा घोराही–१३ की ४८ वर्षीया झुका रोकाको चार लाख ६७ हजार ७ सय २० रुपैयाँ बोकेको हातेपर्स खोसेर भागेका घोराही–९ का अन्दाजी २४ वर्षीय गणेशकुमार डाँगीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई घोराही–१३ बाट तत्काल पक्राउ गरिएको दाङका प्रहरी पवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले बताए ।
प्रतिक्रिया
Facebook Comment