नेपाल श्रीलंका-११ सँग ९२ रनले पराजित

डिसी नेपाल
२७ फागुन २०७८ १७:३३

काठमाडौं । श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम अन्तिम अभ्यास खेलमा श्रीलंकाका स्टार खेलाडी सम्मिलित श्रीलंका संयुक्त-११ विरुद्ध ९२ रनले पराजित भएको छ ।

लगातार चौथो खेल जित २३३ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३५ ओभर २ बलमा १४० रन बनाउंदा सबै विकेट गुमायो ।

नेपालका ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए । यस्तै कुशल भुर्तेलले ३२ रन बनाउदा रोहित कुमार पौडेलले २१ रनको योगदान गरे । यस्तै आरिफ शेखले १३, सोमपाल कामीले ८, आसिफ शेखले ५, दिपेन्द्र सिंह ऐरीले २ रन, विनोद भण्डारी र सगर ढकालले समान एक रन बनाए ।

श्रीलंका संयुक्त-११ का एस दक्सिनाले ३ तथा दिलसान मुनविराले २ विकेट हात पारे ।

यसअघि टस जितेर ब्याटिङमा आएको श्रीलंका ११ ले ४८ ओभर २ बलमा सबै विकेट गुमाउनुअघि २३२ रनको योगफल बनाएको थियो ।

श्रीलंका ११ का सदुन विराकोदीले ४९, रमेश निमान्थाले १८, दिल्सान मुनाविराले १४, थिसरा परेराले आठ, चमरा सिल्भाले ६ र उपुल थरंगाले तीन रन बनाए ।

नेपालका दीपेन्द्रसिंह ऐरीले र सागर ढकालले समान तीन विकेट लिए । यस्तै, सोमपाल कामीले दुई र आरिफ शेखले एक विकेट लिए ।

यसअघि नेपालले पहिलो र दोस्रो अभ्यास खेलमा श्रीलंका नेभीलाई क्रमशः १११ र ८९ रनले पराजित गरेको थियो । बिहीबार भएको चौथो अभ्यास खेलमा नेपालले श्रीलंका पुलिसलाई १४४ रनले पराजित गरेको थियो ।

नेपाली क्रिकेट टिम आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृंखला खेल्न १४ मार्चमा श्रीलंकाबाट सिधै युएई जाने तालिका छ ।

नेपालले लिग-२ अन्तर्गतको आफ्नो तेस्रो शृंखलामा युएई र पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध खेल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *