बागलुङ सेवा समाज कतारको अध्यक्षमा पुनः सन्तोष पौडेल

कतार। बागलुङ सेवा समाज दोहा कतारको शुक्रबार सम्पन्न १२औँ अधिवेशनबाट अध्यक्षमा पुनः सन्तोष पौडेल सर्वसम्मत चयन भएका छन्। बाग्लुङ नगरपालिका-१४ घर भएका पौडेल कतारमा लामो समय देखि कार्यरत छन्।
सामाजिक काममा निकै सकृय पौडेल ११ औं अधिवेशनबाट पहिलो पटक अध्यक्ष निर्वाचित भएका थिए। कोरोनाको प्रकोप बढेको बेला उनि समाज मार्फत नेपालमा राहत पुर्याएका थिए भने अन्तराष्ट्रिय बाग्लु समाजको सदस्य समेत रहेका कारण उक्त समितिमा पनि पौडेलले जिल्लाका विकट ठाउँमा कोरोना रोकथामका लागी राहत सामाग्री पुर्याउन महत्वपुर्ण सहयोग गरेका थिए।
कार्यसमितिका अन्य सदस्यहरूमा प्रथम उपाध्यक्षमा सत्यकि प्रताप दोस्रो उपाध्यक्षमा टेक रझाइली र त्रितिय उपाध्यक्षमा चेतन पुन निर्वाचित भएका छन् भने सचिवमा ईश्वर सापाकोटा र निराजन गौतम त्यस्तै सहसचिबमा बाबुराम गैरे ,कोषाध्यक्षमा गोपाल थापा, सह-कोषाध्यक्षमा कृष्ण सिर्पाली र सदस्यहरु जल पुन ,हिरा बि क ,कृष्ण गिरी ,इन्द्र बोहोरा ,चन्डी प्रसाद गौतम ,दोलिन्द सुबेदी , शरदा गिरी छन् । नवनिर्वाचित अध्यक्षका अनुसार थप १० जना जिल्लाको भेगलाई समेट्ने गरी पहिलो बैठकले गर्ने निर्णय बताए।
कार्यक्रममा अन्तराष्ट्रिय बागलुङ समाजका संरक्षक होमनाथ शर्मा, उपाध्यक्ष रमेश भट्ट लगायत अन्य संध संस्थाका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रम कतारको अलढोसरी गर्डन साहनीयामा सम्पन भएको थियो।
Facebook Comment