सिरहामा पेस्तोल र गोलीसहित एक जना पक्राउ

सिरहा। धनगढी नगरपालिका–११ आँप चोकबाट एक थान ईटालियन पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४२ वर्षीय ब्रमदेव यादव रहेका छन् । उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले उनको साथबाट सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोली र १ थान म्याग्जिन समेत बरामद गरेको छ। ईलाका प्रहरी कार्यालय धनगढी सिरहाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा यादवको साथबाट उक्त हतियार फेला पारी पक्राउ गरेको हो।
प्रतिक्रिया
Facebook Comment