चुनावी चटारोमा अध्यक्ष ओली

डिसी नेपाल
५ चैत २०७८ ६:४९

काठमाडौं। स्थानीय तह निर्वाचन आउन ५६ दिन बा“की रह“दा प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीको दौडधूप बढेको छ ।

१५ दिनको अवधिमा केन्द्रदेखि जिल्लासम्मका २० भन्दा बढी कार्यक्रममा सरिक भएर ओली मत मागिरहेका छन् । स्थानीय तह निर्वाचन आगामी ३० वैशाखमा हु“दै छ । यद्यपि, स्थानीय तहको चुनावमा पाँच दलीय गठबन्धन मिलेरै अघि बढ्ने देखिएकाले ओलीको दल एमालेलाई निर्वाचनमा जित हासिल गर्न निकै कठिन र चुनौती छ ।

दुईपटकसम्म मिर्गौला प्रत्यारोपण गरे पनि ओली ‘स्वस्थ्य व्यक्ति’सरह सक्रिय छन् । जिल्लामा हुने जुनसुकै कार्यक्रममा समेत उनले चुनावी अभियान’bout बोल्ने गरेका छन् । स्थानीय तह निर्वाचनमा एमालेले ६० देखि ७० प्रतिशत सिट ल्याउने दाबी गरिरहेको छ । तर, त्यसलाई वास्तविकतामा उतार्न एमालेका लागि फलामको च्युरा खाएसरह हुने बामविश्लेषकको भनाइ छ ।

पछिल्लोपटक गत २ चैतमा काठमाडौंमा भएको संसदीय दल बैठकमा सहभागी आफ्ना सांसदलाई ओलीले ६० देखि ७० प्रतिशतमा जित हासिल गर्नुपर्ने भन्दै सोहीअनुसार परिचालन हुन आफ्ना सांसदलाई निर्देशनसमेत दिए । स्थानीय तहमा एमालेको राम्रो जित हासिल गराउनसक्ने सर्तमा सांसदलाई ‘पुनः टिकट दिने’ आश्वासनसमेत उनले दिएका छन् ।

गत २ चैतमा संसदीय दल बैठकमा सहभागी उनी त्यसअघि जिल्ला दौडामा थिए । अहिले उनी हरेक दिन काठमाडौं उपत्यकाबाहिर पुगिरहेका छन् । ओली दैनिक १८ घण्टा खट्ने गरेको उनको सचिवालयले जनाएको छ ।

निकै दौडधूप गरे पनि स्थानीय तह निर्वाचनमा एमालेलाई ‘पहिलो बनाउन’ भने उनीसामु चुनौतीको पहाड छ । ‘एमाले पहिलो बन्ने दाबी गरिरहे पनि उनले दाबी गरे’जस्तो सहज भने छैन ।

पाँच दलीय गठबन्धन संयुक्त रूपमा चुनावमा जानसक्ने भएकाले एमालेका लागि सबैभन्दा ठूलो चुनौती हुनसक्ने राजनीतिक विश्लेषकको भनाइ छ । यद्यपि, कठिन परिस्थिति बुझेका ओलीले त्यस्तो परिस्थितिलाई सहज बनाउन देशव्यापी अभियान चालेको हुनसक्ने देखिन्छ ।

१५ फागुनयता मात्रै ओली दुईपटक झापा पुगेका छन् । उनी गत २१ फागुनमा तत्कालीन झापा विद्रोहका बेला सुखानीमा सहादत प्राप्त गरेका सहिदको स्मृतिमा आयोजित कार्यक्रममा सहभागी भए । हरेक वर्ष एमालेले ‘सुखानी स्मृति दिवस’ मनाउने गरेको छ ।

२५ फागुनमा झापा हुँदै मोरङ पुगेर नेकपा माओवादी केन्द्रबाट निर्वाचित मोरङ रंगेली नगरपालिका प्रमुख दिलिपकुमार बगडिया, उपप्रमुख केशवकुमारी खनाल र दुई वडाध्यक्षलाई पार्टी प्रवेश गराए । सो कार्यक्रमबाट करिब ५ हजार जनाले एमाले प्रवेश गरेका थिए ।

झापाअघि ओली दोलखा पुगे । २० फागुनमा उनी साहित्यिक सांस्कृतिक महोत्सव उद्घाटन गर्न त्यहा“ पुगेका ओलीले कालिञ्चोक भगवती दर्शन गरे ।

२१ फागुनमा झापा पुगेका ओली एक रात उतै बसे भने २२ फागुनमा झापामै आयोजित नेपाल खेलकुद महासंघ प्रदेश अधिवेशन उद्घाटन गर्न पुगे ।

झापाबाट भक्तपुर बालकोटस्थित निवासमै २२ फागुनमा पार्टी प्रवेश कार्यक्रम आयोजना गरे । जहा“ ओलीले विवेकशील साझा पार्टी नेता अमृतराज वैद्यलगायतलाई एमालेमा प्रवेश गराए ।

२३ फागुनमा नवलपरासी गएका ओली कावासोती पुगेर मध्यबिन्दु बहुमुखी क्याम्पसको १६औं स्थापना दिवसमा सहभागी भए ।

नवलपरासीबाट सोही दिन पोखरा गएका ओलीले पोखरामा मानवअधिकार एलाइन्सको पाँचौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गरे । सोही दिन धौलागिरि जागरण दैनिकको १५औं वार्षिक उत्सवमा ओली सहभागी भए र चुनाव’bout प्रवचन समेत दिए ।

त्यसदिन पोखरामै बसेका ओलीले २४ फागुनमा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उपलब्ध गराएर गण्डकी अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्ट उद्घाटन गर्न भ्याए ।

एमालेको गण्डकी प्रदेश कमिटीले २४ फागुनमा पोखरामा आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा ओली प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

सोही दिन पोखराबाट काठमाडौं आएर ओली काठमाडौंमा अखिल नेपाल महिला संघले नारी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागी भएर स्थानीय तहको निर्वाचन एमालेले अत्याधिक बहुमतका साथ जित्ने दाबी गरे ।

२५ फागुनमा मोरङ पुगेर फर्किएका ओली भोलिपल्ट भने काठमाडौंमा आयोजित एमाले बाग्मती प्रदेश संगठन कमिटी बैठकमा अतिथिका रूपमा सहभागी भए ।

त्यसअघि ओलीले अभिनेत्री करिश्मा मानन्धरसँग भेटेका थिए । मानन्धर ओलीलाई भेट्न बालकोट पुगेकी थिइन् । ओलीसँगको भेटपछि मानन्धर एमाले प्रवेश गर्न राजी भएकी थिइन् । आगामी वैशाख ९ मा एमालेले आयोजना गर्ने कार्यक्रममा मानन्धर एमाले प्रवेश गर्ने बताइएको छ ।

२७ फागुनमा प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्न उनी फेरि पोखरा पुगे । ओलीले सो कार्यक्रममा २ घण्टासम्म भाषण गरे र निर्वाचन’bout समेत प्रवचन दिए । त्यसको भोलिपल्ट २८ गते भने काठमाडौंमा आयोजित नेपाल निजामती कर्मचारी संगठनको ११औं राष्ट्रिय अधिवेशनको उद्घाटनमा उनी सहभागी भए ।

२९ फागुनमा बारा जिल्लाको जयनगर (चिउँटाहा) पुगेर आदर्श कोतवाल गाउँपालिकाका अध्यक्ष महम्मद मुस्तफ अन्सारीसहित दर्जनांैलाई उनले एमाले प्रवेश गराए ।

सोही दिन ५ हजार जना नेता कार्यकर्ता एमाले प्रवेश गरेको दाबी एमालेको छ ।

सोही दिन नै उनी काठमाडौं फर्किएर एमालेको केन्द्रीय उद्योग वाणिज्य तथा आपूर्ति विभागले नक्सालको एक ब्यांक्वेटमा आयोजना गरेको ‘देशको वर्तमान आर्थिक अवस्था–समस्या र समाधान’ विषयक छलफल कार्यक्रममा उनी सहभागी भए

त्यसैगरी, १ चैतमा पर्सा–काठमाडौं सम्पर्क मञ्चले भक्तपुरको राधेराधेमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम सहभागी भएर ओलीले पर्सामा अन्य पार्टीमा रहेका व्यक्तिलाई एमालेमा प्रवेश गराए ।

त्यसदिन साँझ उनले आफ्नै निवासमा एमालेको केन्द्रीय सचिवालयको बैठक बोलाए । बैठकले पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ भने स्थानीय तहमा उम्मेदवार टुंगो लगाउने विधि पनि तयार पारेको छ । राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *