भूमि आयोग बैतडीको अध्यक्षमा ऐर
बैतडी । भूमि समस्या समाधान आयोग बैतडीको अध्यक्षमा धन बहादुर ऐर (कपिल)चयन भएकाछन् ।
उनलाई शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको अध्यक्ष चयन गरेको हो । उक्त आयोगमा दुई जना सदस्य रहने व्यवस्था छ ।
आयोगले भूमि नभएका तथा सुकुम्वासी वर्गको नाममा जग्गा प्रदान गरी लालपुर्जा वितरणका लागि काम गर्नेछ ।
आफू नेतृत्वको आयोगले हरेक स्थानीय तहसँगको समन्वयमा काम गर्ने अध्यक्ष कपिलले बताए ।
यसअघि नेकपा एमाले नेतृत्वको सरकारका बेला भने भूमि समस्या समाधान आयोग बैतडीको अध्यक्षमा नरेश विक चयन भएका थिए ।
सरकार परिवर्तनसँगै अधिकांश राजनीतिक नियुक्तिहरू फेरबदल गर्ने सिलसिलामा वर्तमान सरकारले बैतडीको अध्यक्षमा ऐरलाई नियुक्त गरेको हो । अध्यक्ष ऐर नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य हुन् ।
प्रतिक्रिया
Facebook Comment