कविता: प्रेमको एकालाप
फुल दिँदा काँडा दिने
काँडा दिँदा डाडा देखाई दिने
तिम्रो प्रेमको के आश
जब म गुज्रिन्छु तिम्रो प्रेमको मरुभूमी माझ ॥
जीवन यात्राको साईत मा
मैल राखेको त्यो तिम्रो प्रेम
अहिले मेरा दिवङ्गत स्मृतिहरु ले
प्यास मेटाउन पिई दिए ॥
मेरो निधारमा लगाएको
सुकोमल सुन्दर गुलाबको रंगको
त्यो तिम्रो प्रेमको टिका
अहिले मेरो एकालाप प्रेमले भिजेर निधारका खोल्सा हरूमा बगिरह्यो ॥
निधारमा लेखीएको त्यो भाग्यको बाटो,
अहिले तिम्रो प्रेमको रंगमा लतपतिएको छ ।
मन छटपटाएको छ
मेरो एकालाप प्रेम तिम्रो साहित्यको तिर्थयात्रामा उडिरह्यो।
बसन्त ऋतु आउदा
वर संगैको पिपलको वृक्ष संगैको चउपारीमा
तिम्रो प्रेमको छहारी खोज्दा खोज्दै
अहिले मोटर बाटो बनेछ, तिम्रो प्रेमको बजेट सक्ने निउमा ॥
म अहिले त्यहि बाटो हिड्छु
तिमीलाई खोज्छु,
गाउँलेलाई सोध्छु,
तर तिमीलाई भेट्दिन अनि म आफ्नो बाटो रोज्छु ।
अहिले मेरो प्रेम को जहाज
माल्दिभ्स को बन्दरगाहमा पुगेको छ
टापुहरू झै टुक्रिएको मेरो मन
तिम्रो एकालाप प्रेमको खोजीमा वहकिरहेछ आजकल झन् झन ॥
म एक्कासी झस्किन्छु
अनि
यसो घडी हेर्दा बजेको चौविस संगै मस्किन्छु म,
किनकी यो प्रेमिल उमेर, मेरो प्रेमको एकालाप संगैको झस्काई को समय देखेर म ॥
रचनाः श्याम गैरे
रिर्सच एसिस्टेन्ट, डा. कोईराला रिसर्च इन्सटिटयूट फर वायोटेक्नोलोजी एण्ड वायोडाईभसिटी, काठमान्डौ नेपाल
Facebook Comment