टिकटक बनाउन र घुम्न आउनेहरुको केन्द्रविन्दु ‘ट्रि हाउस’ [फोटा फिचर]
![टिकटक बनाउन र घुम्न आउनेहरुको केन्द्रविन्दु ‘ट्रि हाउस’ [फोटा फिचर]](https://www.dcnepal.com/wp-content/uploads/2022/03/tree-house.jpg)
मोरङ । मोरङको पथरीशनिश्चरेमा रहेको ट्रि हाउसले यतिबेला टिकटक बनाउने र घुम्न आउनेहरुलाई लोभ्याएको छ । पथरी बजारको उत्तरपट्टिको जंगलमा सामुदायिक वन समूहले निर्माण गरिएको ट्रि हाउसमा टिकटक बनाउने, फोटो खिचाउनेहरुको भिड बढेको छ । पूर्व पश्चिम राजमार्गबाट करिब सय मिटरको दुरीमा चिलाउने प्रजातिको रुखमा ट्रि हाउस निर्माण गरिएको छ ।
ट्रि हाउस हेर्न दैनिक सयौंको संख्यामा मानिसहरु त्यहाँ पुग्ने गर्दछन् । समुहले त्यस स्थानमा प्रबेश गर्नका लागि शुक्ल पनि तोकेको छ । सर्वसाधरणका लागि ३० रुपैयाँ र समूहका सदस्यहरुका लागि १० रुपैयाँ तोकिएको छ । उक्त सामुदायिक वन समूहले ट्रि हाउस हेर्न आउनेबाट एक महिनामा ६० हजारसम्म आर्थिक आम्दानी गरेको समुहका अध्यक्षले बताएका छन् । ट्रि हाउसले पथरीको पर्यटन क्षेत्रलाई उकास्न सहयोग गरेको छ ।
हेर्नुहोस् तस्बिर:
Facebook Comment