स्थानीय निर्वाचनका लागि मुगुमा १५ दल दर्ता
मुगु । स्थानीय तह निर्वाचनमा सहभागी हुन मुगुमा १५ वटा दल दर्ता भएका छन् । यसमध्ये राष्ट्रिय मान्यता प्राप्त नगरेका नौ दल छन् भने बाँकी ६ दल राष्ट्रिय मान्यताप्राप्त छन् ।
निर्वाचन आयोगले तोकेको समयसीमाभित्र १५ दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालय मुगुले जनाएको छ । जिल्ला निर्वाचन कार्यालय मुगुका नायव सुब्बा रत्नबहादुर रावलका अनुसार राप्रपा, नेकपा माले, जनजागरण पार्टी, मौलिक जरोकिलो पार्टी, नेपाल परिवार दल, उन्नत लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राप्रपा नेपाल र सामाजिक एकता पार्टी दर्ता भएका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पाटी र लोसपासहित ६ राष्ट्रिय मान्यता प्राप्त दल दर्ता भएका छन् ।
प्रतिक्रिया
Facebook Comment