व्यंग्य : हिमाली अल्सर
इतिहासको पाना पल्टाउने हो भने संसारको कुनै कुना त्यस्तो नहोला जहाँ कुनै घाउ वा अल्सर नपाकेको होस्। संसार शान्ति त चाहन्थ्यो तर शान्तिको नाममा संसारका देशहरुले धमाधम बन्दुक, बम, बारुद र खतरनाक हातहतियार निर्माण गरी संसारमा घाउ नै घाउ बनाउने तैयारीमा लागिरहेका छन्।
संसार अल्सर नै अल्सर रोगले ग्रस्त छ। आज एक सुन्दर देश युक्रेनमा बस्ने सम्पूर्ण नागरिकहरुलाई अल्सरले छोएको छ। सम्पूर्ण शरीर भतभत पोलेको छ। सम्पूर्ण नागरिकहरुको मन त्यो दुखाइबाट चिरा चिरा परेको छ। खै विश्वमा शान्ति? रुस त्यतिकै अशान्त छ। अब यो अल्सरको घाउ विश्वमा नै फैलिने हो कि भन्ने डर छ।
यति हुँदाहुँदै पनि यहाँ हतियार बनाउने होडबाजी भने चलि नै रहेको छ। यहाँ शान्तिप्रतिको विचारको प्रवाह बन्द छ। ठूला देशले साना र निर्धा देशहरुउपर धावा बोली भयंकर युद्धको तैयारीमा लागेका छन्। शान्ति त एउटा विश्वमा नै नाटक मन्चन भएसरह छ। अब शान्तिको बिगुल फुक्ने कसले हो थाहा छैन।
२६०० बर्ष अगाडि महात्मा गौतम बुद्धले गाएका शान्तिका सन्देश र गीतहरुमा आगो लागेको छ । मुखमा ‘राम राम’ भनी हिँड्ने पनि आज बगलीमा छुरा लिएर हिँडेका छन् । एकले अर्कामाथि प्रेम, करुणा, दया र भाइचाराको सहयोग हैन हत्या, हिंसा, शोषण बलात्कार र व्यभिचारको मनोभावना लिई आज यो संसारको विकास भन्दै आफ्ना अनैतिकताका बिष बमन गरी हिँडिरहेका छन्।
यस्ता भावनाले आज विश्वका सबैजसो मानिसहरुमा घातक घाउ वा अल्सरले छोइसकेको छ। सबैमा घाउ बल्झिसकेको छ्र, माथिदेखि तलसम्म। प्रथम र द्वितीय विश्व युद्धले थिलथिलो भएको संसार र प्रत्येक देशमा भएको आन्तरिक कलहले हरेक देशको आ-आफ्नै किसिमको शरीरमा घाउ लागी उपचारको क्रममा हरपल हरदिन भाग दौडमा लागिरहेका छन्।
यो अल्सर बढ्दै गएमा कहीं विश्व नै आखिर एकदिन क्यान्सर रोगले पीडित भइ एक दिन सखाप त हुने होइन? यो बडो त्रासको बिषय बनेको छ आज। इतिहासको अर्को पाना पल्टाउने हो भने विश्वमा त्यस्ता क्रुर शासकहरु पनि रहे जसले लाखौँ करोडौं मानिसहरुलाई घाउ नै घाउ बनाइ हत्या नै गरेर गए।
लुट, डकैती भ्रष्टाचार, व्यभिचार र अनाचारको बारे कलाकार पशुपति शर्माले ‘लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ भन्ने गीतमा समेत अल्सरले छोयो। यो अत्यन्त भ्रस्ट समाजको एकीकृत चित्रण थियो। तर पछि जनदवाबको अत्यधिक वकालतले यसलाई फेरि जीवन्त बनाइयो। यो गीत बास्तवमा सम्पूर्ण जनताहरुको अल्सरको दुखेको घाउको चिच्याहट थियो। जनताहरुबाट तर्सिएका शासकहरुले यसलाई सहज स्वीकार गर्न सकेनन्।
चीनको नरसंहार, कम्बोडियामा पोलपोटको, रुसका जार शासक, लेनिन र स्टालिनको, इटलीमा मुसोलिनीको, अफ्रिकामा बोकासा र इदिअमिनको, जर्मनीमा हिटलरको, प्यलेसटिनमा हेरोड द ग्रेटको, रोममा नेरो र पोप अलेक्जेण्डर छैटौंको, रोमका बादशाह क्यालिगुल्लाको, राजा जोनको, फ्रान्सका राजा म्याक्सिमिलिय विस्पीयारको मंगोलका चंगेज खानको, फेरि रोमकै राजा ड्राकुलाको, रुमानियाका भलाद द इम्पेलर, फेरि रोमकै जुलियस सिजरको, बेल्जियमका राजा लिओपोल्डको शासन कालमा लाखौँ करोडौं मानिसहरुलाई अनेक प्रताडना दिइ मारियो।
शरीरका हर ठाउँमा घाउ बनाइ छाला काढी मारेको इतिहास हाम्रै सामुन्ने इतिहासका पानाहरुमा रहेको ताजा उदाहरण छँदै छ। अनेकौं प्रताडना र विश्व युद्धहरु पछि अब राष्ट्र राष्ट्रहरु बीच आपसी सम्बन्ध राखी विश्वमा शान्ति ल्याउने उदेश्यले युएनओको स्थापना पनि भयो। तर विश्वमा कतै शान्ति आएन।
यस्तै गरी भारत अंग्रेजको पन्जामा परी विशाल भारत पनि अल्सरका घाउले टुक्रा टुक्रा भइ पाकिस्तान र बंगलादेश बन्नु, यो भारतलाई लागेको अल्सर नभए अरु के हुन सक्छ र? त्यस्तै चीनमा रेड आर्मीले छेडेको बिशाल क्रान्तिले लाखौँ घाउ लागी मरेका इतिहास पनि कम दर्दनाक छैनन्।
यस्तो अल्सरको प्रभावबाट यो हिमाली देश नेपाल पनि अछुतो रहन सकेन। अंग्रेजको पन्जाबाट मुक्त हुन अनेकौं लडाई लडी वीर सपुतहरुले शरीरका अनेकौं घाउ खपी ज्यानै समेत गुमाए। यो हिमाली देशमा फेरि १०४ बर्षको कठोर राणा शासनको जगजगी रह्यो त्यस बखत पनि वीर सपुतहरुको कत्लेआम भयो। सत्ता हत्याउने नाममा जंगबहादुरको षड्यन्त्रमा भयंकर कोत काण्ड हुन पुग्यो।
सयौं बफादार मानिसहरुको शरीर भरि घाउ अल्सर भई मरी गए। राणा शासन फाली प्रजातन्त्र ल्याउँदा देशले शान्ति पाउने निकै अपेक्षा राखिएको थियो तर यो हिमाली देशको अल्सरको दुखाइ केही कम हुने तर बेला बेलामा ठूलाठूला घटनाहरु घटी मानिसहरु प्रताडित हुने र हत्या, हिंसा हुने चाहिँ भुसको आगो जस्तै सल्किँदै गयो ।
२०१५ सालको चुनाब पर्यन्त आएको जन निर्वाचित सरकार पनि पतन भयो। केही कडा शासन श्री ५ महेन्द्रले ल्याएको भएतापनि देशमा केही शान्ति, विकास र सुरक्षाको प्रत्याभूति भएकै हो। तर नागरिकहरु प्रजातन्त्र प्राप्तिको लागि भित्र भित्रै दबिएर यो अल्सरलाई दबाई राखेका थिए।
यसै कारणले देशमा अनेकौं उथल पुथल भए। कहिले कुन ब्यबस्था त भने कहिले कुन ब्यबस्था लागु हुँदै गयो। २०४७ सालको उत्कृष्ट संविधान बन्यो भन्नेहरु पछि त्यही संविधानमाथि धावा बोल्दै फेरि यो हिमाली देश नेपालमा २०५२ सालको भीषण माओबादी आन्दोलन भइ फेरि देशमा १७ हजार मानिसको कत्लेआम भयो। हजारौं अंग भंग भए। हजारौं मानिसहरु अहिलेपनि शरीर भित्र घुसेको गोलीबाट भएको घाउ बोकी भौंतारिएर हिँडिरहेका छन्।
देशलाई क्रान्ति पश्चात उन्नतिको शिखरमा पुर्याउने भनी तमाम जनताहरुमाथि राखेको बाचा र संकल्पमा आज तुषारापात ल्याइ सम्पूर्ण नेताहरु खाली व्यक्तिगत ऐश आराममा मदहोस भई जनतादेखि डराई आफ्नो वरिपरी सुरक्षा गार्डहरुको घेरा भित्र चौबिसै घण्टा रहेका छन्। तर देशका तमाम दाजुभाइ, दिदीबहिनी र सम्पूर्ण युबा युवतीहरु हिमाली देश नेपालमा लागेको अल्सरबाट जोगिन विदेशमा जान बाध्य भएका छन्।
विदेशमा पनि उनले पाएको प्रताडनाको अल्सर बल्झेको बल्झिएकै छ। बिचरा विदेशिएका नेपालीहरुको पीडा यहाँका नेताहरुलाई के थाहा? फेरि यहाँ रहेका जनताहरुको मानसिक तनाव, आर्थिक तनाव र गाँस, बास र कपासको अभावको घाउको अबस्थाबारे के थाहा? व्यवस्था परिबर्तन भएर के हुँदो रहेछ र? जबसम्म देशमा योग्य पात्रको खाँचो भै रहन्छ।
आज देशमा लोकतन्त्र, गणतन्त्र, प्रजातन्त्र र धर्म निरपेक्षको आगमन भयो। सबैले सुख पाउँछन भन्ने प्रबल आशा थियो तर २०५८ सालमा फेरि देशमा भयंकर दुर्घटना घट्न पुग्यो। श्री ५ वीरेन्द्रको स-परिवारको विभत्स हत्या भयो। देशको राजपरिवारमा र वंशमा ठूलो अल्सर बल्झियो। यो घाउको कारण आजसम्म पनि कसैले पत्ता लगाउन सकेका छैनन्। सम्पूर्ण राजसंस्थाको उत्तराद्र्धमा क्यान्सर नै भई अन्ततोगत्वा मृत्यु हुन पुग्यो। यो हिमाली देश नेपालमा यस्ता कति अल्सर अझ बल्झिने हो यो ठूलो शंकाको विषय बनेको छ। घाउ चर्किंदै छ, अल्सर बढ्दै छ।
राणाशासनमा त देशका सबै जनताहरु सबै कुराहरुबाट बञ्चित थिए नै। तर, प्रजातन्त्रको आगमनको पचासौ बर्ष पछि पनि देशमा हत्या, हिंसा, शोषण र बलात्कार त्यत्तिकै बढिरहेको छ। बलात्कार पछि हत्या भएकी ती युवती र महिलाको घाउ, अल्सरको पीडा कसले महशुश गर्ने ? सम्पूर्ण इमान्दार जनताहरुले काम नपाई खाना नपाएको व्यथाको घाउ वा अल्सरको उपचार कसले गर्ने? यो व्यथाको कथा कस्ले बुझ्ने?
यसरी हरेक विषयमा घाउ नै घाउ अल्सर नै अल्सर भएको यो हिमाली देश नेपालमा प्रजातन्त्रपछि पनि फेरि बिचारको, कलाको, कलाकारिताको स्वतन्त्रता रहेन। राणा शासनमा पनि यस्तै थियो। शासनको बिरोधमा राणाशासकहरुले धेरैलाई गोलीले घाउ बनाइ मार्ने काम भएको थियो। त्यस्तै शासकको नियतले कैयौं बीर सपुतहरु कोत पर्वमा शरीरभरी संगीनले रोपी ठूला घाउ बनाई मारिएको थियो। रगतको खोलो बगेको थियो रे। यो हिमाली अल्सरको घाउको दुखाइ आजसम्म पनि बल्झिरहेको छ।
आज संसारले चुम्ने हिमाली देश नेपालमा पनि यो अल्सर रोगको महामारी जताततै फैलिरहेको देख्दा सारा तीन करोड हिमाली जनताहरु त्रसित बनेका छन्। यहाँ बिचार, कला र संस्कृतिलाई कुल्चिएको छ्र राणा शासनमा सुब्बा कृष्णलालले ‘मकै पर्व’ लेखे तर लेखेकै नाउँमा उनलाई जेलमा राखियो ।
देशमा लोकतन्त्र, गणतन्त्र, प्रजातन्त्र र धर्म निरपेक्षको आगमन भयो। सबैले सुख पाउँछन भन्ने प्रबल आशा थियो तर २०५८ सालमा फेरि देशमा भयंकर दुर्घटना घट्न पुग्यो। श्री ५ वीरेन्द्रको स-परिवारको विभत्स हत्या भयो। देशको राजपरिवारमा र वंशमा ठूलो अल्सर बल्झियो। यो घाउको कारण आजसम्म पनि कसैले पत्ता लगाउन सकेका छैनन्। सम्पूर्ण राजसंस्थाको उत्तराद्र्धमा क्यान्सर नै भई अन्ततोगत्वा मृत्यु हुन पुग्यो। यो हिमाली देश नेपालमा यस्ता कति अल्सर अझ बल्झिने हो यो ठूलो शंकाको विषय बनेको छ। घाउ चर्किंदै छ, अल्सर बढ्दै छ।
यो एक लेखकको लागि अल्सर नभए अरु के हुन सक्छ र? ०६२/०६३ को जनआन्दोलन उप्रान्त शान्ति होला कि भन्ने आशमा फेरि सबै मानवीय पक्षहरु शिक्षा, राजनीति, आर्थिक, धार्मिक र सामाजिकीकरणमा ठूलो ह्रास आयो। देश हाँक्ने नेताहरु सबैले नैतिकतालाई कुल्चदै गए। सबै नेताहरु लोभ, लालच र मोहजालमा फसे। तर जनताहरुको मानसिक र आन्तरिक घाउ भने चर्किंदै गइ त्यसको उपचार गर्ने कोही पनि भएनन्।
लुट, डकैती भ्रष्टाचार, व्यभिचार र अनाचारको बारे कलाकार पशुपति शर्माले ‘लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ भन्ने गीतमा समेत अल्सरले छोयो। यो अत्यन्त भ्रस्ट समाजको एकीकृत चित्रण थियो। तर पछि जनदवाबको अत्यधिक वकालतले यसलाई फेरि जीवन्त बनाइयो। यो गीत बास्तवमा सम्पूर्ण जनताहरुको अल्सरको दुखेको घाउको चिच्याहट थियो। जनताहरुबाट तर्सिएका शासकहरुले यसलाई सहज स्वीकार गर्न सकेनन्।
कलाकारको एउटा गीतबाट सम्पूर्ण नेपालीले महिनौ समय वादविवादमा बिताए। अल्सरको घाउ बेलाबलामा बल्झेझैं फेरि त्यस्तै माओबादी क्रान्तिको जनआन्दोलनमा नेताहरुले दिएको आश्वासनको ठिक विपरित देशमा आएको बिचलनलाई प्रतिबिम्बित गर्दै कलाकार प्रकाश सपुतले अत्यन्तै मार्मिक रुपमा ‘पीर’ नामक गीतमा दर्शाउन सफल भए।
तर यसमा रहेका सम्पूर्ण कुशल कलाकारितालाई नेता शासकहरुले सहजै पचाउन नसकेका कारण यो गीतलाई राजनीतिकरण गरी ओझेलमा पारियो र हिमाली देश नेपालको हिमालमा अल्सरको घाउ फेरि बल्झिन थाल्यो। यसरी भयंकर क्रान्तिपछि पनि देशमा शान्ति आउन नसकी जताततै अशान्तिका अल्सर घाउहरु झन् झन् बल्झिँदै गएकोले यो हिमाली देश नेपालमा लागेको जिउभरिको अल्सर घाउको उपचार अब को अगाडि आइ गर्ने हो त्यो अझै हेर्न बाँकी नै छ।
यो हिमाली अल्सरबाट नेपाल कहिले मुक्त भई सम्पूर्ण स्वस्थ रही बस्ने हो यो कुरामा प्रत्येक सचेत नागरिकहरु र मुख्यतः देश हाक्ने नेताहरुले अब, अहिले र तत्काल सोच्नुपर्ने बेला आएको छ।
Facebook Comment