नयाँ वर्ष आउनु अघि घरमा यि कुराहरु अवश्य ल्याउनुहोस्

डिसी नेपाल
१५ चैत २०७८ ११:३३

काठमाडौं । नेपाली नयाँ वर्ष बैशाख महिनाको एक गतेदेखि सुरु हुन्छ । नयाँ वर्षदेखि फेरी हामी नयाँ काम गर्ने जोश जाँगरका साथ जिवनको नयाँ यात्रा तय गर्दछौं । नयाँ वर्षदेखि केही राम्रो कामको थालनी या भनौ जिवनमा केही नयाँ गर्नु पर्छ भन्ने मान्यता छ । पछिल्लो वर्षमा आधा अधुरा रहेका कामलाई पूर्णता दिनुका साथै गरेका गल्तीहरुलाई पनि सच्चाएर अगाडी बढ्नु पर्छ भन्ने मान्यता रहिआएको छ ।

नयाँ वर्षले जिवनमा उमंग ल्याउनुका लागि हामीले पनि केही कुराहरुलाई आफ्नो घरमा भित्राउन जरुरी हुन्छ । आज हामी नयाँ वर्ष आउनु भन्दा पहिला घरमा ल्याउनु पर्ने केही कुराहरुका बारेमा जानकारी दिदैंछौ । ज्योतिष शास्त्रका अनुसार हाम्रो जीवनका नकारात्मक कुराहरुलाई टाढा भगाउनका लागि केही हाम्रो वरपर वा घर भित्र रहन अत्यन्त जरुरी हुन्छ । त्यही सकारात्मकताका घर भित्र ल्याउनका लागि तपाईले बैशाख १ गते आउनु अगाडी नै घर भित्र यी कुराहरु ल्याउनु पर्दछ ।

कल्पवृक्ष–कल्पवृक्ष देवलोकको वृक्ष हो। यसलाई कल्पद्रुप, कल्पतरु, सुरतरु देवतरु र कल्पलता आदि नामले पनि चिनिन्छ। पुराणका अनुसार समुद्र मन्थनबाट प्राप्त १४ रत्नमध्ये कल्पवृक्ष पनि एक हो । यो इन्द्रलाई दिइएको थियो र इन्द्रद्वारा सुरकाननमा स्थापना गरिएको थियो। कल्पवृक्षबाट जे मागेको हो, त्यसले दिन्छ भन्ने हिन्दूहरूको विश्वास छ। कल्पवृक्षको विरुवा आजकाल नपाउने हुँदा त्यसका तस्विर भए पनि नयाँ वर्ष आउनु भन्दा अगाडी घरमा ल्याए आफुले चिताएको मनोकामना पुरा हुने विश्वास रहि आएको छ ।

सेतो घोडाको तस्बिर : नयाँ वर्ष आउनु भन्दा अगाडी सेतो घोडाका तस्विर घरमा ल्याउनुहोुस् । घरको बैठक कोठाको उत्तर या उत्तर पूर्व दिशामा समुद्रमा दौडिरहेको सेतो घोडाको तस्बिर लगाएमा कुनै पनि भारि तथा अप्ठ्यारा कामहरु समुद्रको पानी जति हलुका हुने साथै , पूर्व दिशातर्फको वालमा लगाएमा दीर्घ रोगीहरुलाई सञ्जीवनी बुट्टी सरह काम गर्दछ । तर, व्यवसाय तथा कार्यलयमा भने दक्षिण दिशामा राख्दा उत्तम मानिन्छ। ३ घडाको तस्बिर घरमा राख्नाले सम्पूर्ण नवग्रह नै शान्ति हुने धर्मशास्त्रहरुमा उल्लेख गरिएको छ । ४ सूर्य भगवानको रथमा सातवटा घोडा हुने भएकाले घोडाले घरमा भएका समस्त नकारात्मक ऊर्जालाई सकारात्मक ऊर्जामा बदल्ने काम गर्दछ । ५ कुनै पनि प्रकारका घरमा हुने बास्तु दोष सातवटा घोडा भएको तस्बिर पश्चिम दिशातर्फ फर्काएर राखेमा कुनै प्रकारका बाधा अवरोध तथा शत्रुको भय नहुने हुँदा बास्तु शास्त्रमा घोडाको महिमा बर्णन गरिएको हो ।

नयाँ वर्षलाई उत्कृष्ट बनाउन तपाईं धातुले बनेका कछुवा, घोडा, ड्रागन वा फीनिक्स आफ्नो घरमा ल्याएर सफा स्थानमा राख्न सक्नुहुन्छ । यसले सौभाग्यमा वृद्धि गर्दछ भन्ने मान्यता छ ।

विन्ड चाइम: विन्ड चाइमलाई जहिल्यै घरको उत्तर-पूर्व कोणमा यस्तो स्थानमा लगाउनुहोस् जहाँ यसको थोरै थोरै समयमा आवाज आइरहोस् । यसले तपाईंको सौभाग्यमा वृद्धि हुन्छ ।

लाफिंग वुद्ध: लाफिंग वुद्ध पनि ल्याउन सक्नुहुन्छ । यसलाई उत्तर(पूर्व कोणमा ३० डिग्रीको उचाईमा स्थापित गर्नुहोस् । यसो गर्दा आर्थिक प्रगति र सफलता प्राप्त हुने विश्वास छ ।

भगवान कुबेरको मूर्ति राख्दा माता लक्ष्मी प्रशन्न हुने र आर्थिक प्रगति हुने विश्वास छ । नयाँ वर्षमा देवी लक्ष्मीको चरण चिन्हलाई घरमा ल्याउनुहोस् । उनको नियमित पूजा गर्ने बानी बसाल्नुहोस् । यसले घरमा मान प्रतिष्ठा प्राप्त हुन्छ ।
वास्तुशास्त्रका अनुसार, घरमा चाँदीको लक्ष्मी-गणेशको मूर्ति राख्दा सबै वाधाहरु दूर हुन्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *