म्यादी प्रहरी छनौटका लागि प्रक्रिया सुरु (फोटो फिचर)

रसुवा । रसुवामा म्यादी प्रहरी छनौटका लागि प्रक्रिया सुरु भएको छ । गत आइतबारदेखि शुक्रबारसम्म दिएका आवेदनबाट म्यादी प्रहरी छनौटका लागि प्रक्रिया सुरु गरिएको हो ।
मंगलबारदेखि सदरमुकाम धुन्चेमा म्यादी प्रहरीका लागि छनौटको प्रक्रिया सुरु भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक गणेश सापकोटाले बताए । उनका अनुसार स्थानीय तहको निर्वाचनमा म्यादी बन्नका लागि जिल्लामा ५४४ जनाले आवेदन दिएका छन् । जसमध्ये १३९ जना महिला रहेका छन् ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि २ सय ६३ जना म्यादी प्रहरीका लागि छनौट गरिने सापकोटाले बताए । मंगलबारदेखि स्वास्थ्य, शारीरिक परीक्षण सुरु भएको समेत उनको भनाई रहेको छ । म्यादी बन्नका लागि आवेदन दिएका अधिकांश युवा रहेको उनले बताए ।
म्यादी प्रहरी भर्ना, छनौट र नियुक्तिका लागि प्रहरीबाट निर्धारित पाठ्यक्रम अनुसार स्वास्थ्य परीक्षण, लिखित परीक्षा, प्रयोगात्मक र अन्तर्वार्ता विधि अपनाइने बताइएको छ । म्यादीका लागि छनौट भएकाहरूलाई तालिम दिएर निर्वाचनका लागि खटाइनेसमेत बताइएको छ
Facebook Comment