कर्मचारीको सरुवामा नेपाल निजामती कर्मचारी युनियनको आपत्ति

डिसी नेपाल
१७ चैत २०७८ १८:०२

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा राजनैतिक आस्थाको आधारमा कर्मचारीको सरुवा गरिएको भन्दै नेपाल निजामती कर्मचारी युनियनले विरोध जनाएको छ ।

आसन्न ३० वैशाखमा हुने निर्वाचनलाई प्रभावित पार्ने मनसायका साथ राजनीतिक आस्थाको आधारमा कर्मचारीको सरुवा गरिएको भन्दै कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनले प्रेस विज्ञाप्तीमार्फत विरोध जनाएको हो ।

निर्वाचनलाई सफल बनाउनका लागि आआफ्नो क्षेत्रबाट लागिरहेको र निर्वाचन आयोगले कर्मचारी विवरण माग गरेर अद्यावधिक गरिसकेको अवस्थामा निर्वाचनलाई प्रभावित पार्ने आसयले नगरपालिकाले राजनैतिक आस्था र विचारको आधारमा रायसल्लाह निवेदन नलिई निरंकुशशैलीमा कर्मचारीको मनोबल खच्किने तरिकाले सरुवा गरेको युनियनको बिहीबार जारी विज्ञाप्तीमा उल्लेख छ ।

नेपाल निजामती कर्मचारी युनियनका दिक्तेल रुपाकोट मझुवागढी नगर कार्यसमितिका अध्यक्ष दिनेश राईले जारी गरेको विज्ञाप्तीमा कर्मचारीलाई उच्च मनोबल र निर्धक्क काम गर्ने वातावरण बनाई काम लगाउनुपर्नेमा कर्मचारीको मनोबल गिर्नेगरी गरिएको सरुवा तत्काल कार्यान्वयन नगर्नरनगराउन माग गरिएको छ ।

नगरपालिकाले १५ चैतमा कर्मचारीको सरुवा गरेको थियो । तर, अधिकांश नेपाल निजामती कर्मचारी युनियनमा आबद्ध कर्मचारीको मात्र विभेदपूर्ण सरुवा गरिएको नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य अनिल आचार्यले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *