ट्रयाक्टरमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

बर्दिया। बर्दियाको बाँसगढी नगरपालिका–८ ककौरामा रोकिराखेको ट्रयाक्टरमा मोटरसाईकल ठोक्किदा एकजनाको मृत्यु भएको छ । सोही दुर्घटनामा एकजना घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाईकल चालक बाँके बैजनाथ गाँउपालिका–५ का १९ वर्षीय संतोष चौधरी रहेका छन् । गम्भीर घाइते उनको उपचारको क्रममा बाँके स्थित नेपालगंज मेडिकल कलेजमा गएराती ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएका मोटरसाईकलमा सवार सोही स्थानका २२ वर्षीय कबिराम चौधरीको सोही अस्पतालमा उपचार भईरहेको छ ।
सोमबार बेलुकी पौने ८ बजे चौधरीद्धय सवार भे ३ प ७७५९ नम्बरको मोटरसाईकल सडक छेउमा रोकिराखेको भे १ त ३१७ नम्बरको ट्रयाक्टरमा ठोक्किएर पल्टिएको थियो । ट्रयाक्टर चालकलाई ईलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाले नियन्त्रणमा लिएको छ ।
Facebook Comment