के तपाईलाई पिसाब गर्दा धेरै पीडा हुन्छ ? यस्ता छन् बच्ने उपायहरु
काठमाडौं । गर्मीको समयमा धेरैलाई पिसाबसम्बन्धी विभिन्न समस्याहरु देखा पर्ने गर्दछ । पिसाब सम्बन्धी समस्याका कारण पिसाब गर्दा दुख्ने र पोल्ने गर्दछ । पिसाब गर्दा हुने यस्ता समस्याले धेरै रोगको संकेत गर्छ । यस्तो अवस्थामा पिसाब फेर्दा हुने समस्यालाई डिसुरिया भनिन्छ । पिसाब गर्दा मुख्यतय गोप्य भाग र पिसाब नलीमा दुख्ने गर्छ ।
पिसाब थैलीबाट बाहिर निस्किसकेपछि पिसाब शरीरबाट बाहिर निस्कने पाइपलाई पिसाब नली अर्थात् मूत्रनली भनिन्छ। डिसुरियाको मुख्य कारणहरू मध्ये एक मूत्रनली संक्रमण हो। यस्तो समस्याका कारण पिसाब गर्दा पिसाब लाग्ने र दुख्ने समस्या हुन्छ ।
डिस्युरियाको लक्षण
डिस्युरियाका कारण मानिसलाई पिसाब गर्दा दुख्ने, जलन हुने, चिलाउने गर्दछ । यो समस्या पिसाब गर्नु अघि, पिसाब गरिसकेपछि पनि हुनसक्छ। यदि तपाईलाई पिसाब गर्नुअगाडी नै दुखाई दुखाइ महसुस हुन्छ भने त्यो पिसाब नलीको संक्रमणका कारण भएको हुन सक्छ ।
साथै पिसाब फेरेपछि दुख्ने, जलन हुने, चिलाउने हुन्छ भने मूत्राशय वा प्रोस्टेटको समस्यालाई संकेत गर्छ। त्यसैले यदि तपाईलाई पनि पिसाब फेर्ने क्रममा यी समस्याहरू छन् भने तुरुन्त चिकित्सकसंग सल्लाह लिन पर्ने हुन्छ ।
साथै पिसाबको गन्ध आउनु, बारम्बार पिसाब लागिरहनु, मिर्गौला र पिसाबमा पत्थरी हुनु, पिसाबमा रगत देखिनु, वान्ता हुनु, योनाङग चलाउनु, ज्वरो आउनु, अत्याधिक ढाड दुख्नु पनि डिस्युरियाका लक्षण हुन् ।यदि तपाईलाई गर्भावस्थाको समयमा २४ घण्टाभन्दा बढी समय पिसाब गर्दा पोल्छ वा दुख्छ भने चिकित्सकसंग सल्लाह लिनु पर्दछ ।
पिसाब गर्दा दुखाइको कारणहरू
-प्राइभेट पार्टमा केही केमिकल प्रोडक्टहरुको प्रयोग गर्दा यो समस्या हुनसक्छ। जस्तै: छालाको लोशन, बबल बाथ केमिकल र साबुन आदि पिसाब जाँदा दुखाइ हुने अन्य कारणहरू हुन्।
– ब्याक्टेरियल मूत्राशय संक्रमण।
– भाइरल मूत्राशय संक्रमण।
-एक्कासि लाग्ने ठक्कर वा धक्का, चोटपटक, मानसिक कष्ट वा व्यथाका कारण पनि पिसाब पोल्ने दुख्ने गर्दछ ।
यसरी थाहा पाउनुहोस् पिसाब दुख्नुको कारण:
पिसाब के कारणले पोल्ने र दुख्ने हुँदैछ त भन्ने कुरा थाहा पाउन सर्वप्रथम चिकित्सकवा हस्पिटलमा गएर पिसाब परीक्षण गराउनु पर्दछ ।
दुखाइ पत्ता लगाउन, पिसाबमा सेतो रक्त कोशिका, रातो रक्त कोशिका, प्रोटिन, ग्लुकोज र रसायनको मात्रा पत्ता लगाइन्छ। पिसाबमा सेतो रक्त कोशिकाबढी भएमा यसले पिसाब नलीमा संक्रमण भएको जनाउँछ। यस बाहेक, कुन ब्याक्टेरियाले पिसाब नलीमा इन्फेक्सन गरिरहेको छ भनी थाहा पाउनको लागि डाक्टरले तपाईंलाई युरिन कल्चर टेस्टको लागि पनि सोध्न सक्छ। यी परीक्षणहरू मार्फत, तपाइँ पिसाब जाँदा दुखाइको कारण पत्ता लगाउन सक्नुहुन्छ। जस्तै(
-पेल्विक परीक्षा
-योनि तरल पदार्थ परीक्षा
-मिर्गौला र मूत्राशय अल्ट्रासाउन्ड
-सिस्टोस्कोपी
-एमआरआई
– सिटी स्क्यानल गायतबाट पनि पिसाब पोल्ने दुख्ने समस्यको कारण थाहा पाउन सकिन्छ ।
उपचार
पिसाब गर्दा पोल्ने दुख्नेको उपचार गर्नका लागि यो किन र के कारणले भयो भन्ने कुरा थाहा पाउन जरुरी हुन्छ । पिसाब नलीको संक्रमणलाई एन्टिबायोटिकले उपचार गर्न सकिन्छ र केही दिनमै डिसुरिया आफैं निको हुन्छ।
यदि पिसाब गर्दा पोल्ने दुख्नेसंग संगै सुन्निने पनि हुन्छ भने नजिकैको स्वास्थ्य चौकी वा चिकित्सकसंग सल्लाह लिनु पर्दछ । साथै यो समस्या निम्त्याउने चीजहरू प्रयोग गर्नु हुँदैन । यसबाहेक, यदि भेजाइनल यिस्ट इन्फेक्सनको समस्या छ भने, चिकित्सकको सल्लाहमा औषधी लिन सकिने छ ।
यसका साथै – सकेसम्म योनीलाई सुख्खा राख्न प्रयास गर्ने । पिसाब गरिसकेपछि सफा पानीले धुने र सफा कपडाले पुछ्ने ।
– योनीको बाहिरी भाग सफा र सुख्खा राख्ने ।
– जाली भएको वा नगुम्सिने खालको पेन्टी प्रयोग गर्ने । पोली प्रोयाइलीन, सिन्थेटिक मटिरियलको पेन्टी सुरक्षित हुन्छ ।
– सक्रिय ब्याक्टेरिया कल्चरका साथ दही सेवन गर्ने । योनीमा सामान्य ब्याक्टेरियाको स्टर बढाउनका लागि एसिडोफाइलस पनि लिनुपर्छ । यसका साथै पर्याप्त क्रेनबेरी जुस पिउनुपर्छ । यसले योनीलाई एसिडिक बनाउँछ, जसले यिस्ट प्रतिरोधी काम गर्छ ।
– दही खानु लाभदायक हुन्छ । साथै योनी क्षेत्रमा दही लगाउन पनि सकिन्छ ।
– प्रसस्त पानी पिउने ।
– शारिरिक सरसफाई गर्ने ।
Facebook Comment