पाल्पामा बस दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं । पाल्पाको रैनादेवीमा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ६ बल्डेङगढीमा शुक्रबार दिउँसो बस दुर्घटना भएको हो ।
लु१च ४९०२ नम्बरको बस पानीडाँडाबाट जुठापौवातर्फ जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाउनेमा गाडी मालिक अन्दाजी ४० वर्षीय विजय सारु र ८ वर्षीय एक बालक रहेका छन् । दुर्घटना घाइते भएका ६ जनाको पाल्पास्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
Facebook Comment