लुकाइएको सत्य र भजन

डिसी नेपाल
३ वैशाख २०७९ ७:४०

कौन–सा युद्ध हुआ और किसलिए?
कौन–सा राज्य चला कितने दिन?
तारीखें, दस्तावेज,
ये नहीं रे, इतिहास के मानी
इस रानीका प्रणय पूराण
उस चढाई मे हुआ खर्च
ये नहीं रे, साल इतिहासका
चाहिए हमे अव इतिहास के अँधेरे कोनो में
सवसे नीचे दबी पढी अदृश्य हुई
कहानियाँ सारी
छिपाने पर न छिपने वाला सत्य
(देशों के इतिहास)
श्री श्री (श्री रँगम श्री निवास राव)

भारतका प्रसिद्ध कवि श्री निवास रावको कवितालाई यस लेखमा सार्दै लेख सुरु गरेको छु । कसले किन लडाई ग¥यो? के पायो? कसले कति राज्य गर्‍यो? यो वा त्यो शासक महान हो, उ वा त्यो राजनेता गर्व गर्ने लायक! कृष्ण प्रेम को दीवानी जस्तै राजनेताको दिवानी पनमा आधुनिक मिराहरुको कहानीको पटाक्षेप कसरी हुने हो? इतिहास साच्चै गुणगानमा नदि बगे झैं बगिरहन्छ र? कृष्ण प्रति मिराको भाव थियो।

अहिले त राजनैतिक जोड घटाउको हिसाव छ। कुनै पनि बेला आधुनिक दिवानाहरुले मरेको कुकुरलाई उपिँया उडुसले छोडे झै छोड्ने छन् र वसाइ सर्ने छन्।
श्री निवास रावको पंक्तिले मन छोयो। मन न हो छुने कार्य हुन्छ नै ! अदृष्य छुवाई, मनले मनको छुवाई।

पुत्रेष्टि यज्ञ (नियोग) गरी राजपरिवारमै पहिलो पुत्र भै जन्मेका राम सुख सयलमा हुर्किँदै वनवास, पत्नीहरण, पत्नी फिर्ताकालागि राम रावण युद्ध, फेरि कौशल्या राज्यमा राम राज्य स्थापना पुनः जीवनको चक्रको सिता धर्तीमा विलीन र रामको सरयूनदिमा जालसमाधी गरी प्राण त्यागे।

उनले स्थापना गरेको रामराज्यको निरन्तरता उनका वंशले गरे गरेनन् ती कथाहरु चहकिलो रुपमा उजागर हुन सकेका छैन। राम आज तुलसीदास, वाल्मिकि रामायण रामराज्यको कथाहरु मात्र आज सीमित छन्।

गान्धी को रामराज्य नाथुराम गोडसेले उनको हत्या गरेपछि उनीसँगै गएको छ। सत्तामा चास्नी चाख्नेहरुले खोपिको देउता बनाउँदै कसैले गान्धी भजेका छन् त कसैले गान्धीको योगदानलाई विस्मृतिको गर्भमा हाल्न खोज्दै छन्।

ग्वाला कुलमा जन्मेका कृष्ण जन्मेदेखि अविरल संघर्ष गरेका श्रीकृष्णले पाण्डवलाई राज्य, द्वारकाको स्थापना, कंशवध, गीता दर्शन दिँदै अन्तमा आफै कुलको विनास आफ्नै आँखाले देख्दै व्याधाको वाणबाट मृत्यु वरण! नेपाल एकीकरण गरेरका राजा पृथ्वीनारायणको नुवाकोटमा मृत्युका कथाहरु, रणवहादुरको चकचकी पछि काटिनु, यस्तै यस्तै अनगिन्ती इतिहासका कथाहरु छन्।

भुईँवर्गको इतिहास न वावुराम आचार्यले लेखे न अन्य इतिहासकाले। भुईँ बगेको उत्थान र इतिहास पल्टाउँदा पल्टाउँदै चिर निद्रा देवीको काखमा पुर्‍याएको व्यथा र कथा पनि होलान्। सूर्य र चन्द्रमालाई आफ्नो एकलौटी अधिकार छ भनी एकाधिकार जन्माउने खोज्ने पनि होलान् भ्रममा परेर। सूर्य चन्द्रमा पृथ्वी कसैको बपौती होइन। यो समुदायगत, सम्प्रदायगत, विचारगत, भूगोलगत को होइन, यो साझा हो।

जुन दिन साँस निक्लन्छ शरीरबाट फिर्ता नआउने गरी त्यस दिन सवै प्राणी जगतको नियती नै मृत्यु हो। माक्र्सले आफूले र एगेंल्स मिलेर सृजना गरेको कृतिहरुलाई अध्ययनको पूर्णता मानी यो नै पूणै हो भनेर माक्र्सले कतै भनेका छैनन् होलान्। अन्धाले हात्ती छामेभैं माक्सै छामेर राज गर्नेहरु को इतिहास पनि होला।

कार्लमाक्र्स, रस्कीन समकालिन थिए। दुवैको समाज रुपमान्तरण गर्ने दिशा फरक थियो। इतिहास बुझाई फरक थियो। गान्धीले रस्कीन लिए, लेनिनले माक्र्स जपे। लेनीनको रुस लेनिनकै नाममा विभिन्न कालखण्डका उत्तराधिकारीले लेनिनसँगै माक्र्सको विचारालई खाल्टामा पुर्दै गए।अन्तिम कोदालो, गोर्वाचेभले चलाए।

नेपाल कनि अछुतो रहेन, विश्व इतिहासको क्रुर नियतिबाट। रस्कीन, टालस्टायलगायतबाट प्रभावित गान्धीको देशले आज हिन्दु रामराज्यको लहरमा गान्धी सडकमा उभ्याएका वुख्याचा बनाइए।

नेपालमा पनि यस्तो घटनाबाट अछुतो छैन। युग यसरी चल्दैन। पुष्पलाल, मदन भण्डारी र विपी पनि लगभग भारतमा गन्धी जस्तै भएका छन्। रामको रामायण झैं शम्वुकको चरित्र चित्रण भएको कथा छिपाइएको छ। समाज देश पार्टी भित्र पनि थुप्रै यस्ता कथा छिपाइएको छ । राम, कृष्ण, शिव मैले मनपराउने ऐतिहासिक पात्र हुन्।

मनपराउनुको अर्थ अन्धो भएर होइन। ईश्वर प्रतिको आस्था राख्नेलाई चोट पुर्‍याउन लेखिएको आलेख होइन। राम र कृष्णको युगमा पनि जिवन्त इतिहास थिए होलान्। ती इतिहास वेद व्यास र वाल्मिकिले किन लेखेनन् भन्ने जिज्ञासा मात्र हो। एकलब्यको कथा महाभारतको दुई पन्नामा सांङ्केतिक रुपमा छ। मृत्यु शास्वत छ।

विकास पनि कुनै कालखण्डमा नासवान नै हुन्छ। भगवानको अवतार, निराकारको रुपमा चित्रित अवतारहरुको पनि मृत्यु भएको छ। बुद्धले जे देखे जे भोगे जे थिए फेरी मृत्यु मै विलीन भए। मृत्यु र जन्म विच या जन्म र मृत्यु विचको समय भीत्रको चलखेलमा अजम्वरी कोही रहेनन्। इतिहास माथि समयको कालखण्डमा शासक, नेताले आफ्नै आफ्नै स्वार्थ अनुकुल व्यख्या गर्दै आएका छन् सत्ता स्वार्थका लागि, आफ्नो नायकत्वको लागि सत्य इतिहासलाई कालकोठरीमा थुन्न पुग्छन्।

बिर्सिएका छन् हिजो आफू कालकोठरीमा थुनिँदाको अवस्था। तर त्यसलाई लगानीको रुपमा व्याज मात्र होइन चक्रवर्ति व्याज खाइरहेका छन्। दिवानाहरु गीत, गाइरहेका छन्। कृष्णको दिवाना मिरा वाई झैं नेताहरुको दिवाना कार्यकर्ता भएको देख्दा देवत्व बनाउने आधारशिला सायद कार्यकर्ताको समर्थक नै हुन्।

आलोचनात्मक चेत भएका समर्थक र कार्यकर्ताहरु नेताले या नायकको पुराण, उसको, रानीको प्रणय पुराणहरु भन्दा समाजको मान्छेको अतितमा फालिएका, मानिसहरुका, अपहेलित भएका यथार्थ इतिहास हरुको, लुकेर वसेका, लुकाइएका, अतिक्रमणमा परेका दवित मानव इतिहासको सत्यहरुको उद्घाटित गर्ने थिए तर त्यो माहोल छैन। अन्ध समर्थक हरुले आफूलाई दास र तथाकथित नायकहरुलाई कुलपूजाको कुलदेवता बनाउनेछन्।

भलै ति नायकका कारणबाट भौतिक जीवनमा अन्य भन्दा तुलनात्मक रुपमा फाइदा लिने छन्। सनातनी दर्शनका दार्शनिक यज्ञवल्क्य को भनाइ अनुसार शौच दुई प्रकारको हुन्छ। वाह्य एवं अन्तः शौच, माटो जल आदिद्वारा वाह्य शुची हुन्छ तर मन शुद्धीको अन्त शुची भनिन्छ। अन्तः शुचीको भाव बिना छिपाएको सत्य पाउन कठिन हुन्छ।

खोजीका अर्थ जिवन, जगत, त्यसका घटना, परिघटना, मानवताको गहिरो मनदेखिको द्वन्द्वात्मक अवलोकन नै हो। सत्ता र शक्तिमा हुदा कसैले कसैलाई वाकी राखेको छैन।
शंख त फुकिन्छ तर परम्परामा एकोहोरो शंख मृत्यु संस्कार मा फुकिन्छ। वैद्धिक सनातनी धर्मावलम्वीहरुको भनाइ छ।

अन्तरात्मको ऐनाबाट पहिले आफू, समाज र देशलाई हेरौं। जीवनको समग्रतालाई जीवनको कसैको एक कृत्यको आधारमा मात्र बुझ्ने धृष्टता नगर्दा सत्य कथा कहानी, इतिहास र योगदानको यर्थाथ मूल्याकंन हुन्छ। वास्तविकताको सत्य तिरको प्रयत्न नै समाजको पुर्नसंरचनाको प्रयत्न हुनसक्छ।

ईश्वरलाई ईश्वरको ठाउँमै रहन दिऊ। मान्ने लाई मान्न दिउँ, बाधा नगरौं। तर मानिसलाई ईश्वर नबनाऊ, मानिसलाई त जीवन दिउँ। हिजो कठिन भएका जिवनका यात्रालाई सुगमता दिउँ। खोजौ आफ्नो वास्ताविक सत्यलाई। वास्तविक सत्य निर्मम हुन सक्छ तर दिशा दिन सक्छ। कुहिरोको काग हुनु पर्दैन होला। यति बुझौ सत्य डग्दैन र सत्य छिप्दैन–कहिले काही ग्रहण लाग्न सक्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *