कुन रोग भएको बिरामीले के को जुस पिउने ?
काठमाडौं । गर्मी मौसममा जुस पिउनु निकै लाभदायक मानिन्छ । जुस केटाकेटी होस् या वृद्ध वृद्धा जस्लाई पनि मन पर्ने गर्दछ । गर्मी मौसममा त हामी धेरै मात्रमा जुस पिउने गर्दछौं । तर जुस पनि आफ्नो अवस्था हेरेर पिउन चिकित्सकहरु बताउँद्धछन् । किन कि यदि तपाईको स्वास्थ्यमा समास्या भए आफ्नो अवस्था वा भनौं स्वास्थ्यका लागि फाइदा पुग्ने जुस पिउन राम्रो हुन्छ । त्यसैले कुन जुस पिउने यसबारे थाहा हुन जरुरी छ ।
कुन रोग भएको बिरामीले कुन जुस पिउने :
दमको समस्या– दमको रोगीले लसुन, अदुवा, तुलसी, काउली, गाजरको सुप र मुँगको दाल अनि बाख्रीको दूधमा मिक्स गरि मिक्चरमा राखेर यसको जुस बनाउनु होस् खाँदा फाइदा पुग्छ ।
उच्च रक्तचाप–उच्च रक्तचापका रोगीहरूले गाजर, अंगुर र मौसमको जुस पिउनुपर्छ । अनि शारीरिक र मानसिक आराम पनि गर्नुपर्छ ।
रगत सफा गर्न– शरीरमा विद्यमान रगतलाई शुद्ध बनाउनका लागि कागती, गाजर, काउली, पालुंगो, स्याउ, तुलसी र बेलका पातहरूहरुलाई एउटा भाडामा राखेर पिस्नुहोस् र त्यसको रस छानेर पिउनुहोस् । यसले रगत सफा गर्दछ ।
निम्न रक्तचाप–लो ब्लडप्रेसर भएकाहरूले गुलिया फलको रस पिउनुपर्छ भने अमिलो फलको रस पिउनुहुँदैन । अंगुर र मौसमको रस लाभदायक हुन्छ ।
भोक नलाग्दा– यदि तपाईलाई भोक नलाग्ने समस्या छ भने बिहान उठेर खाली पेटमा कागतीपानी खानु पर्छ । कागती पानी खानु अघि अदुवाको पेस्टमा बीरे नुन हालेर खानुपर्छ । यसो गर्दा भोक नलाग्ने समस्या हराएर जान्छ ।
जन्डिस–जन्डिस हुँदा रोगीले अंगुर, स्याउ र मौसमको रस पिउनुपर्छ । किसमिस डुबाएको पानीले पनि राम्रो गर्छ ।
अनुहारको दाग–अनुहारको दाग हटाउनका लागि गाजर, खरबुजा, प्याज, तुलसी र पालुंगोको रस लाभदायी हुन्छ ।
क्यान्सर–क्यान्सरबाट मुक्तिका लागि गाजर र अंगुरको रस पिउनु राम्रो हुन्छ ।
Facebook Comment