हुम्लामा गठबन्धन भत्कियो, नेताहरूबीच स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति

डिसी नेपाल
५ वैशाख २०७९ १८:०८

हुम्ला, । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनका तीन दलबीच चुनावी तालमेल गर्ने भनिए पनि जुम्लामा भने गठबन्धन नहुने भएको छ।

स्थानीय तहको नेतृत्वको भागबन्डा नमिलेपछि हुम्लामा सत्तारुढ दलले स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति गरेको नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष शिवराज शर्माले बताए।

वार्तामा सहभागी दलका अनुसार तीन दलबीच भएको बैठक गाउँपालिका बाँडफाँटमा कुरा मिल्न नसकेपछि स्थानीय आवश्यकताका आधारमा समीकरण गर्ने निर्णय भएको छ।

सोमबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरूले स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति गरेको माओवादी केन्द्र हुम्लाका संयोजक डा. दीपेन्द्र रोकायाले जानकारी दिए।

उनले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गाउँपालिका बाँडफाँटमा कुरा नमिलेपछि बैठक उपलब्धिपूर्ण हुन नसकेको कांग्रेसका हुम्ला सभापति मोहनविक्रम सिंहले बताए।

एकीकृत समाजवादीले राखेको कांग्रेस र माओवादीबीच तीन–तीन गाउँपालिका र एकीकृत समाजवादीलाई एक गाउँपालिका दिनुपर्ने प्रस्तावमा कांग्रेस सहमतिमा पुगे पनि माओवादीले मानेको र माओवादी चार वटा गाउँपालिका आफूले पाउनु पर्ने अडान राखेका कारण बैठकले भागबण्डा मिलाउन नसकेको कांग्रेस उपसभापति वसन्त रोकायाले बताए।

सातवटा स्थानीय तह रहेको हुम्लामा ०७४ को निर्वाचनमा माओवादीले चार पालिकाको अध्यक्ष, एक उपप्रमुख र १८ वडाध्यक्षसहित एकसय पदमा जितेको थियो। कांग्रेसले दुई गाउँपालिका प्रमुख, एक उपप्रमुख ११ वडाध्यक्षसहित ७६ पदमा जित्दा एमालेले एक पालिकाको अध्यक्ष, तीन उपाध्यक्ष र १० वडाध्यक्षसहित ५० पदमा चित्त बुझाएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *