पेटमा ग्यास भरिएर हैरान हुनुहुन्छ ? बिहानको खाजामा यी खानेकुरा खानुहोस्

डिसी नेपाल
१२ वैशाख २०७९ ११:०२

काठमाडौं ।  तपाईको पाचन प्रणाली जति बलियो हुन्छ। तपाई स्वस्थ त्यती नै तन्दुरुस्त रहन्छ । यदि तपाई कब्जियत वा पेटमा ग्यास बन्ने समस्याबाट हैरान हुनुहुन्छ भने यो पाचनको प्रक्रिया खराब भएको संकेत हुनसक्छ । स्वस्थ पाचन कायम राख्न गाह्रो काम हो। त्यहाँ धेरै चीजहरू छन् जसले पाचनलाई प्रत्यक्ष असर गर्ने गर्दछ , जस्तै जे पायो त्यही खाने खानेकुरा, खराब जीवनशैली, समयमा ननिदाउनुआदि।

राम्रो स्वास्थ्यको लागि राम्रो पाचन प्रणाली सबैभन्दा महत्त्वपूर्ण कुुरा हो । पाचनसम्बन्धी समस्याका कारण मानिसलाई अपच, कब्जियत र पखालाजस्ता समस्या हुन सक्छ । राम्रो पाचनका लागि, तपाईंले आहार सन्तुलन गर्नुपर्छ। आज हामी तपाईलाई केही यस्ता खानेकुराको बारेमा बताउँछौँ, जसले पाचन क्रियालाई सुधार्न सक्छ । बिहानको खाजामा यी खानेकुरा समावेश गर्नुपर्छ ।

मेवा– मेवा स्वास्थ पेटका लागि दिन सुरु गर्नका लागि उत्तम खाना हो। बिहानको खाजामा मेवा खाँदा दिनभरि पाचन प्रक्रियालाई राम्रो हुने गर्दछ । किनभने यसमा पपेन नामक पाचन इन्जाइम हुने हुँदा खाना पचाउन सहयोग गर्दछ ।

स्याउ– पाचन प्रणालीका लागि स्याउ निकै फाइदाजनक हुन्छ । यसमा भिटामिन ए, सी प्रशस्त मात्रामा पाइन्छ । यसमा धेरै खनिज र पोटासियम पनि पाइन्छ। यसमा प्रशस्त फाइबर हुने भएकाले यसले पाचन प्रणालीलाई पनि स्वस्थ राख्छ ।

काँक्रो– काँक्रोमा इरेप्सिन नामक इन्जाइम हुन्छ। जसले पाचन प्रक्रियालाई राम्रो बनाउन मद्दत गर्छ। काँक्रोले पेटको अम्ल, ग्यास्ट्राइटिस र पेप्टिक अल्सरबाट राहत प्रदान गर्ने जस्ता काम गर्दछ।

केरा – यदि तपाई पाचन प्रणालीलाई स्वस्थ बनाउन चाहनुहुन्छ भने केरा खानुहोस् । यसको उच्च फाइबर सामग्रीको कारण नियमीत दिशा लगाउन पनि महत्त्वपूर्ण भूमिका खेल्दछ । यसले कब्जियत हुनबाट पनि जोगाउँछ।

साथै मनतातो पानीमा मह र कागती राखेर सेवन गर्दा पाचन र रोग प्रतिरोधात्मक क्षमता दुवैमा सुधार हुन्छ । यसलाई बिहान खाली पेटमा खाँदा तपाईंको मेटाबोलिजम बढ्छ। जसले गर्दा तौल घटाउन मद्दत गर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *